बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण
काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आइएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।
गुरुङले प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७ दशमलव तीन तथा ताइचीमा २७ अङ्क जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले योसहित आठ पदक जितेका छन् ।
यसअघि अमेरिकाका विभिन्न सहरमा भएका तीन प्रतियोगितामा गुरुङले छ पदक जितेका थिए । ‘व्याटल अफ ड्रागन्स’ विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ ‘गोल्डेन ड्रागन’ च्याम्पियनसिपमा दुई रजत र छैटौँ ‘एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिप’मा समान एक–एक स्वर्ण र रजत जितेका थिए । भूपेन्द्र आइएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुगेका हुन् ।

प्रतिकृया दिनुहोस