• मंगलबार-माघ-२९-२०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

 

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताउनुभएको छ । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । 

 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताउनुभयो । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उहाँले यि विषयमा छलफल हुनुपर्ने बताउनुभयो । 

 

“समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उहाँको जोड थियो ।

प्रतिकृया दिनुहोस