काठमाडौं, २९ माघ । सुनको मूल्यमा बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बृद्धि भएको हो ।
जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस