रौतहट २९ माघ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालकसहित सवार ५ जना गम्भीर घाइते भएका छन् ।
मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुलस्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना.४ च. ३६९४ न.को स्कारपिओ र बिपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठक्किन पुगेको थियो । ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुरको बाँया हात,दाहिने आँखीभौं मा चोट लागेको छ ।
चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताएका छन् । त्यसैगरी बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा निधार टाउको,कानमा चोट अवस्था मध्यम रहेको छ ।
बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को संतोष कुश्वाहाको टाउको,चिउडोमा चोट अवस्था गम्भीर रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारको लागि चन्द्रपुर प्रा.ली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भईरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन् ।
दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको तथा यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस