• बुधबार-माघ-२३-२०८१

ब्यवस्था र अवस्था बदल्न धक्का दिनु पर्ने समय आयो: कमल थापा

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको ब्यबस्था र अबस्था बदल्न आन्दोलन मार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन् । पार्टीको पुर्बान्चल, तराई-मधेस र मध्यमान्चल क्षेत्रका पदाधिकारी ,केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता ब्यक्त गरे ।

 

"अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो,`थापाले थपे । गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिबर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए

 

थापाले एजेन्डा स्थापित गर्ने समय अनुकुल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए । "एजेन्डा मिल्नेहरु एक ठाउँमा बसेर अघि बढ्नुपर्छ, त्यो समयको आबश्यकता हो, माग हो। संकिर्णता, द्वैध चरित्र र अहड्ढारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरु बीच चाहिँ अब एकता प्रक्रिया शुरु गर्नुपर्छ" थापाले भने ।

 

उनको भनाई थियो- हिन्दुबादी ,राजाबादी , देशभक्त र प्रजातन्त्रबादी अब ध्रुबिकरण हुनुपर्छ । समान बिचार बोक्ने विभिन्न संघ, सस्था , अभियान,पार्टीसङ्ग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौ। तोकिएको मितिमा महाधिवेशन गर्न स्थानिय तहको अधिबेशन गर्न र संगठन सुदृढीकरणमा बिशेष ध्यान दिन समेत थापाले आग्रह गरे ।

प्रतिकृया दिनुहोस