• बुधबार-माघ-२३-२०८१

लौका र अमलाको जुस पिउनुका फाइदाहरु

 

लौका र अमला स्वास्थ्यको लागि धेरै हिसाबले फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्वहरू हुन्छन्, जुन पाचन प्रणालीलाई स्वस्थ राख्नदेखि तौल घटाउनसम्म लाभदायक मानिन्छ । अमला र लौका खानुका साथै यसको रस बनाएर पनि पिउन सकिन्छ । त्यसैगरी, छालालाई स्वस्थ राख्न पनि यो जुस प्रभावकारी हुन सक्छ ।


यसलाई नियमित रूपमा पिउनाले मोटोपन पनि नियन्त्रण गर्न सकिन्छ । पाचनसँग सम्बन्धित समस्याहरूले बारम्बार सताउँछ भने तपाईंले खानामा लौका र अमलाको रस समावेश गर्न सक्नुहुन्छ । जानौं यसका केही फाइदाहरु : 


मिर्गौलाको लागि फाइदाजनक : अमला र लौकाको रस पिउनु मिर्गौलासँग सम्बन्धी समस्या कम गर्न उपयोगी मानिन्छ । यो जुसले मिर्गाैलाको कार्यक्षमता बढाउने र सक्रिय बनाउने काम गर्दछ । यसले मिर्गौला क्षति हुनबाट पनि बचाउँछ । यसमा पाइने एन्टी–अक्सिडेन्टले मिर्गौलालाई स्वस्थ राख्न सहयोग गर्छ । यो जुस पिउनाले मिर्गौलामा जम्मा भएका विषाक्त पदार्थ र रसायनहरू बाहिर निस्कन्छन् ।


पेटको लागि फाइदाजनक : अमला र लौकाको रस पाचन प्रणालीको लागि स्वस्थकर साबित हुन्छ । यसलाई पिउँदा कब्जियत र अपच जस्ता समस्याबाट राहत प्राप्त गर्न सकिन्छ । यो जुसले खाना छिटो र सजिलै पचाउन मद्दत गर्दछ । पेट फुल्ने र ग्यास बन्ने जस्ता समस्याबाट राहत पाउनका लागि अमला र लौका मिश्रित जुसलाई आफ्नो खानामा समावेश गर्न सकिन्छ । 


रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन अमला र लौकाको रस पिउन सकिन्छ । एन्टी–अक्सिडेन्टका साथै यसमा भिटामिन सी पनि पर्याप्त हुन्छ, जसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले यस मिश्रणको सेवन गर्न सक्छन् । 


तौल घटाउन फाइदाजनक :  यदि तपाईं तौल बढ्दै गएकोमा चिन्तित हुनुहुन्छ भने लौका र अमलाको जुस पिउन सक्नुहुन्छ । फाइबरसँगै यसमा भिटामिन सी पनि पाइन्छ, जसले शरीरको मेटाबोलिज्मको प्रक्रियालाई तीव्र बनाएर शरीरमा जम्मा भएको अतिरिक्त बोसो घटाउन राम्रो भूमिका खेल्छ । 


मुटुको लागि फाइदाजनक : अमला र लौकाको रस पिउनु स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । यो जुसले शरीरमा खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्दछ । साथै, यसमा पोटासियम हुन्छ, जसले मुटुमा राम्रो प्रभाव पार्छ । यो जुस पिउँदा तपाईंको मुटु प्रणालीमा सुधार हुन्छ । (साँघु साप्ताहिक, २०८१ माघ २१) 
 

प्रतिकृया दिनुहोस