कान्तिपुरमा स्ट्रिन्जर हुन पत्रकारको अरूची : पत्रकारले उँट चराउनै ठिक भन्दै नाक खुम्च्याए
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सले २०८१ पुस १८ गते एक महिनाको समय तोकेर विभिन्न ३२ जिल्लाहरूका लागि स्ट्रिन्जर पदमा आवेदन माग ग¥यो । सूचनामा ३० वर्ष ननाघेका युवाहरूबाट आवेदन माग गरिएको थियो । विज्ञापनमा माथिल्लो उमेर हद रहे पनि तल्लो हद तोकिएको छैन ।
आवेदन दिने अन्तिम मिति २०८१ माघ २ गतेका लागि तोकिएको थियो । छनोट भएका उम्मेदवारहरूले आफ्नो जिल्लामा रहेर कान्तिपुर पब्लिकेसन्सको प्रतिनिधिको रूपमा काम गर्ने अवसर पाउने भनिएको थियो । स्ट्रिञ्जरले पूर्णकालीन कर्मचारी नभएर सामग्रीको आधारमा पारिश्रमिक पाउँछन् । कान्तिपुरले गत वर्ष काठमाडौं तथा अन्य जिल्लाहरूमा कार्यरत सयौंको संख्यामा श्रमजीवी पत्रकारहरूलाई गैरकानुनी तरिकाले निस्काशन तथा सरुवा गरेको थियो । त्यसकाविरुद्ध लामो समयसम्म पत्रकारहरको आन्दोलनसमेत चलेको थियो । कान्तिपुरमा तिनै पत्रकार निकालिएका जिल्लाहरूका लागि क्षतिपूर्ति स्वरुप आवेदन माग गरिएको थियो ।
स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनलगत्तै व्यापक चर्चासमेत चलेको थियो । ३० वर्षको उमेरहदका विषयमा निकै चर्चापरिचर्चा र टिकाटिप्पणीहरुसमेत भए । सामाजिक सञ्जालमा व्यापक वहशको विषय नै बन्यो । एकातिर आफ्ना भएका सम्वाददाताहरूलाई गैरकानुनी तरिकाले बलपूर्वक निकाल्ने, पत्रकारलाई स्ट्रिन्जरमा घटुवा गर्ने, अर्कातिर आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशित गर्ने कुरा विरोधाभाष देखिएको थियो । अनि पत्रकारिता जस्तो पेसामा उमेरको सीमा तोक्नु हास्यास्पद रहेको भनेर पनि टिकाटिप्पणी चलेका थिए ।
कतिपयले पत्रकारले खुल्लमखुल्ला उमेरको अंकुश लाएर रोजगारीको विज्ञापन दिनु पनि मानव अधिकार र संविधान विपरीत कार्य हो भन्दै खुलेर विरोध जनाए । पत्रककारविच टिकाटिप्पणी र वहशले तरंग चलिरहेका बेला स्ट्रिञ्जरमा दरखास्त अन्त्यन्त न्यून संख्यामा परेको कान्तिपुर स्रोतबाट थाहा भएको छ । स्ट्रिञ्जरमा काम गर्दा श्रमजीवी पत्रकारको रगत पसिनाबाट मालिक मोटाउने, श्रम शोषण भई सडकमा पुग्ने अवस्था आउने भन्दै जिल्लामा आवेदन दिन पत्रकारहरु हच्किएका छन् । मिडिया हाउसले पत्रिकामा र अनलाइनमा मात्र विज्ञापन छापेर नपुगेर कान्तिपुरका केन्द्र र जिल्लाजिल्लाका पत्रकारलाई समेत सामाजिक सञ्जालमा राख्न अह्राईएको थियो ।
‘केवल बाइलाइनका लागि मात्र काम गर्न किन उमेर र समयको बर्बाद गर्ने । बरु अरबतिर उँट चराउन जानु वेश भन्दै पत्रकारले अरुची देखाए,’ कान्तिपुरका एकजना पत्रकारले भने, ‘अत्यन्त सीमित संख्यामा आवेदनहरु परेको सुन्नमा आएको छ । पुरुषले न्यून संख्यामा दिए पनि महिलाको त छँदैछैन भन्दा पनि हुन्छ ।’ ती पत्रकारका अनुसार एकाध आवेदकबाट छान्नेभन्दा मोफसलका चालु पत्रकारलाई आग्रह गरेर टिप्ने कि भन्ने कुरा पनि कान्तिपुरमा चलेको छ । कान्तिपुरले खोलेको विज्ञापनमा कति पैसा पाउने भनेर निश्चित नभएका कारणले पनि ‘ललिपप’ मा नभुल्ने प्रतिक्रिया जिल्लामा काम गर्ने पत्रकारले दिएका छन् ।
एकातिर छापिएको समाचारको पैसा आउने र नछापिएको नआउने अर्कातिर पत्रिकाको पेज घटेको अवस्थामा समाचारै नछापिने अवस्था देखेपछि पत्रकार तयार नभएको बताइन्छ । यसैमा पनि पछिल्लो समय पारिश्रमिक नै नियमित नपाउने जटिल समस्या छ । स्ट्रिन्जरमा पारिश्रमिकको कुनै मापदण्ड समेत छैन । तलबी पत्रकारको त एक छाक खाना खान हम्मे भएको अवस्थामा ज्यालादारी पत्रकारिता गरेर झन् कसरी जीवन चलाउने भनेर विज्ञापनमाथि नै व्यंग्य समेत चल्ने गरेको छ । यसमा पनि पछिल्ला दिनमा कान्तिपुरको ‘ब्रान्ड इमेज’ र विश्वसनियतामा आएको ह्रासका कारण पनि पत्रकारहरूले विश्वास गरिहाल्न सक्ने अवस्था रहेको छैन । (साँघु साप्ताहिक, २०८१ माघ १४)

प्रतिकृया दिनुहोस