कण्डमका मालिक भन्छन, 'बिज्ञापनका लागि सबैभन्दा बेष्ट एक्टर जाह्नवी कपुर'
मुम्बई, १७ माघ । बलिउड कलाकारहरूले फिल्ममार्फत आफ्नो करियर चम्काए पनि कतिपय कम्पनीहरूले उनीहरूमार्फत नै आफ्नो ब्रान्ड चम्काउने गर्दछन् ।
धेरै फिल्म स्टारहरू विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर छन् । यो लिस्टमा करीना कपुर, मलाइका अरोरा, कट्रिना कैफ देखि कार्तिक आर्यनसम्मको नाम समावेश रहेका छन् ।
कन्डम कम्पनी म्यानफोर्सका संस्थापक तथा प्रबन्ध निर्देशक राजीव जुनेजाले हालै आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूबारे कुरा गरेका छन् । यस क्रममा उनले केही स्टारहरुको नाम लिएका थिए, जसलाई उनी आफ्नो कम्पनीको लागि अप्रोच गर्न चाहन्थे तर स्टारहरुले उनको त्यो अफर मानेनन् ।
राजीव जुनेजाका अनुसार कण्डमको विज्ञापनका लागि उत्कृष्ट अभिनेता को हुन सक्छ भन्ने प्रश्नमा राजीवले भने– ‘कण्डमका लागि ? कसैको लागि ? जान्हवी कपूर सही छिन्, उनी सबैभन्दा राम्रो विकल्प हुन् ।’ यसपछि राजीवले रणवीर कपुर र लक्ष्य लालवानीको नाम पनि लिस्टमा थपेका छन् । तर, राजीवले जान्हवी र रणवीरले कन्डम कम्पनीको ब्रान्ड एम्बेसडर बन्न अस्वीकार गरिसकेको जनाए ।
किन सनी लियोनीको स्थानमा कार्तिक आर्यन राखियो ? सन् २०२३ मा राजीव जुनेजाले अभिनेता कार्तिक आर्यनलाई आफ्नो कम्पनीको कण्डमको ब्राण्ड एम्बेसेडर बनाएका थिए । त्यसपछि कार्तिकले सन्नी लियोनीलाई रिप्लेस गरेका हुन । यसको कारणबारे राजीवले खुलेर कुरा गरे । उनले भने– ‘कार्तिक आर्यनलाई लिनुको खास कारण पुरुष पक्षमा अलिकति जान्नु पर्ने हुन्छ।’
राजीवले प्रेज्ञा न्युजसँग प्रेग्नेन्सी टेस्ट किटको बारेमा पनि थप कुरा गरेका छन । उनले अहिले यसको ब्रान्ड एम्बेसडर अनुष्का शर्मा सही विकल्प भएको बताएका छन् । यदि उनीहरूले ब्रान्डका लागि अर्को अभिनेत्री छनोट गर्ने हो भने दीपिका पादुकोण राम्रो विकल्प हुनेछन् तर राजीवले दीपिकालाई यसबारे सोध्नु उनको हैसियत भन्दा माथि हुने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस