दर्जनौ शाखा अधिकृतहरूको उपसचिवमा बढुवा सिफारिस
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ४० जना, अन्य विविध समुहका ११ गरी कूल ५१ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाको लागि सिफारिस गरेको छ । मन्त्रालयले कार्यसम्पादन मुल्यांकनका आधारमा ती अधिकृतहरुलाई बढुवाका लागि सिफारिस गरेको बताइन्छ । सामान्य मन्त्रालयकाअनुसार सबैभन्दा बढी ४० जना प्रशासन सेवा, चार जना विविध, चार जना कृषि र ३ जना लेखापरीक्षण सेवाका रहेका छन । कार्यक्षमताको आधारमा बढुवा समिति बैठकले नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवाका ४० जना शाखा अधिकृतलाई सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
यसरी सिफारिस भएकाहरुमा पहिलो नम्बरमा श्रीकृष्ण पौडेल, दोस्रोमा केशवराज पार्धे, तेस्रोमा ढालबहादुर जिसी, चौथोमा डम्मरुबल्लभ बराल र पाँचौ नम्बरमा भक्तबहादुर भट्टराई रहेका छन । यसैगरी अन्तिम ४० औँ नम्बरमा भने अधिकृत राजेन्द्रप्रसाद गौतमको नाम सिफारिसमा परेको छ । उनीहरु सबैलाई बढुवा सिफारिस समितिले शतप्रतिशत अर्थात १ सय अंक दिएको बताइएको छ । उपसचिवमा बढुवा नभएपनि बढुवाको प्रतिस्पर्धामा रहेका थप १ सय २५ जना शाखा अधिकृतलाई पनि शतप्रतिशत अर्थात १ सय अंक नै बढुवा समितिले दिएको मन्त्रालय स्रोतले बताएको छ ।
कार्यक्षमताका आधारमा हुने ४० सिटमा बढुवाका लागि २ सय २४ जनाले आवेदन दिएका थिए । जसमा १ सय ९० जना सम्भाव्य उम्मदेवारमा कायम हुन सफल भएका थिए । यसैगरी, जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल विविध सेवाका चार जना शाखा अधिकृत पनि सम्बन्धित सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिसमा परेका छन् । सिफारिस सूचीको पहिलो नम्बरमा भुवनकुमार भण्डारी, दोस्रोमा केशव खतिवडा, तेस्रोमा गिरीशकुमार झा र चौथोमा हरिप्रसाद पोख्रेल परेका छन् । नेपाल लेखापरीक्षण सेवातर्फका शाखा अधिकृत क्षेत्रबहादुर थापा, कृष्णशरण कार्की र प्रसादु थारु पनि सोही सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस हुन सफल भएका छन ।
नेपाल कृषि सेवातर्फको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फका शाखा अधिकृत खिमानन्द खनाल र श्यामकृष्ण तिवारी पनि बढुवा सिफारिसमा परेका छन । कृषि सेवाकै भेटेनरी समूहतर्फका सुस्मिता गौतम र मञ्जु महर्जन सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । ०८१ पुस १९ गते पनि प्रशासन सेवाका ३९ जना शाखा अधिकृतहरूलाई पनि सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।
उपसचिव बढुवा सिफारिस हुनेहरूमा खडगराज राई, राजु प्रसाद साह, आनन्द कुमार ठाकुर र विनय कुमार श्रीवास्तव रहेका छन । यस्तै, नरेन्द्र परियार, मेघराज शंकर, मनोज कुमार शैनी, चिरञ्जीवी भट्टराई, अशोक काफ्ले, सुवर्ण घिमिरे, सुरथ पोख्रेल, ज्ञानेन्द्र शर्मा, हरि प्रसाद गुरागाई, कुल शेखर अर्याल र सरोज कोइराला रहेका छन् । बढुवा सिफारिसमा पर्ने अन्य भाग्यमानी अधिकृतहरुमा कमल प्रसाद आचार्य, मोहनचन्द्र जोशी, झविलाल भट्टराई, हरि प्रसाद अधिकारी रहेका छन । यसैगरी अधिकृतहरु हेमराज फुयाल, विमला काफ्ले वाग्ले, सुवास श्रेष्ठ, शान्ति महत र सपना कुमारी भट्टराईको नाम पनि सिफारिसमा परेको छ ।
अधिकृतहरु ईश्वरी तिवारी, मञ्जु पोखरेल, प्रतिभा राई, लक्ष्मी कुमारी शाही, शारदा चालिसे, इन्दिरा थापा, उर्मिला खतिवडा, यमुना सापकोटा, कविता केसी बोगटी, मोहनकुमार श्रेष्ठ, अम्बिका राई, उमेश कुमार राई, काजीमान राई, सुनिना तुम्बाहाम्फे र सुचित्रा राई पनि उपसचिव बढुवाका लागि सिफारिसमा परेका छन् । (साँघु साप्ताहिक, २०८१ माघ १४)

प्रतिकृया दिनुहोस