लिङ्देनविरुद्ध राप्रपाका सबै नेता एक जुट
काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरुवीच भाँडभैलो सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा गम्भीर प्रश्न उठाउने नेताहरुको संख्या बढ्न थालेकै बेला केन्द्रीय समितिमा चर्को आलोचना हुन थालेको छ । अध्यक्ष लिङ्देनको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेर महामन्त्री धवल शमशेर राणाले चुनौती दिएका थिए । २०८१ माघ ११ गते शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सुरुमै महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई चुनौती दिनुको कारण चाहिँ अर्थपूर्ण मानिएको छ ।
महाधिवेशनमा अध्यक्षमा कमल थापाविरुद्ध अभियान चलाएर राणाले लिङ्देनको पक्षमा माहोलमात्रै बनाएनन् निर्वाचित पनि गराए । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहितका नेताहरुको साथ लिङ्देनको पक्षमा पार्ने भूमिका तिनै धवल राणाले खेलेका थिए । र, राणा पनि उनकै टीमको महामन्त्री हुन् । तर, पछिल्ला दिनमा तिनै क्यान्सर पीडित राणालाई संगठन विभागबाट हटाएर अध्यक्ष लिङ्देनले साथमा राख्न त सकेनन् नै विरोधी कित्तामा पु¥याए । त्यसको खास कारण भने लिङ्देनको काम गर्ने शैली र मपार्इंत्वलाई मान्ने गरिएको छ ।
पुराना पञ्चहरुलाई वाइपास गर्न थालेपछि लोहनी, पशुपति शमशेर राणा, धवल शमशेर राणामात्र होइन, राप्रपाका पुराना नेताहरु निर्वाचित केन्द्रीय सदस्य चिराग कुँवरहरु समेत प्रायः रुष्ट बनेका छन् । नेताहरुलाई आश्वासन दिने तर काम नगर्ने अध्यक्षको शैलीका कारण पनि पार्टीभित्र रुष्टता बढेको बताइन्छ । त्यही असन्तुष्टि माघ १८ गते शुक्रबार केन्द्रीय समितिको बैठकमा प्रस्फुटन भएको राप्रपा नेताहरुले बताएका छन् । राणाको फरक मतलाई अर्को महामन्त्री कुन्ती शाहीले वाचन गरेर सुनाएकी थिइन् । पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहितका नेताहरुको साथमा राणाले फरकमत दर्ज गरेका कारणले अब राप्रपाको राजनीति निकै पेचिलो बन्ने देखिएको छ । अध्यक्ष लिङ्देनको पक्षमा उपाध्यक्ष बुद्धिमान तामाङ र रविन्द्र मिश्रमात्रै रहेको बताइन्छ । खासमा उनीहरुम पनि खुलेर बोलिसकेका भने छैनन् ।
लिङ्देनको राजनीतिक जीवनमा निकै पेचिलो अवस्था आएको देखिन्छ । यसले राप्रपालाई विभाजनको डीलसम्म पु¥याउन सक्ने आंकलन पनि भइरहेको छ । महामन्त्री राणाले ४० बर्ष मुुनिका युवालाई केन्द्रीय सदस्य बनाउने लिङ्देनको निर्णयलाई दुष्कर्मको रुपमा व्याख्या गरेका छन् । त्यसरी आएका २० जना युवा केन्द्रीय सदस्यहरु राणाको विरोधमा खुलेर बोल्न थालेका छन् । अनि केही पदाधिकारीले पनि आलोचना गरेका छन् । तर, अधिकांशले भने राणाको कुरालाई पुरै समर्थनभन्दा पनि अध्यक्ष लिङ्देनको कार्यशैलीमा प्रश्न उठाएका छन् ।
यही बेलामा लिङ्देननिकट मानिएका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठको अमेरिकी राहदानी भएको सार्वजनिक भएको छ । गैरकानूनी रुपमा केन्द्रीय सदस्य बनाएर लिङ्देनले व्यक्तिगत लाभ लिएको प्रश्न पनि उठेको छ । त्यसो त, सत्ताका लागि उछलकुद गरेको भन्दै चर्को आलोचना खेपेका लिङ्देनले संगठन सिध्याएको आरोप पनि लागेको छ । लिङ्देनविरुद्धको गठबन्धन झन्डै एक बर्षअघि देखिको नै हो । त्यतिबेला लोहनीमात्रै विपक्षमा उभिएका थिए । लोहनीविरोधमा हुँदा पशुपति शमशेर राणा पनि विरोधमै थिए तर घरमै गएर लिङ्देनले फकाएका थिए । केही समय कुर्न र लोहनीको पक्षमा नलाग्न भन्दै कन्भिन्स गरेपछि राणा पनि थुमथुमिएका थिए ।
लोहनी र राणामाथि एक बर्षअघि नै विशेष अधिवेशन बोलाउन दबाब थियो । विशेष अधिवेशन बोलाउनुपर्ने भन्दै केही नेताहरुले लिङ्देनविरुद्ध अभियान चलाएको केही समयपछि आन्दोलनको कुरा पनि उठेको थियो । हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने भन्दै अभियान पनि चलाउने प्रयास भएको थियो । त्यो आन्दोलनको संयोजक भने धवल शमशेरलाई बनाइएको थियो । राजतन्त्र र हिन्दु धर्मको पक्षमा रहेका अन्य समूहहरुसँग मोर्चाबन्दी गरेर आन्दोलन गर्ने तयारी भएको थियो । दुर्गा प्रसाई देखि केशरबहादुर विष्टसम्मलाई जोड्ने प्रयास भएको थियो । त्यसका लागि वार्ता समिति पनि बनेको थियो र वार्ता पनि भएको थियो । तर, अध्यक्ष लिङ्देनले नै उक्त आन्दोलन अगाडि बढाउन नचाहेका कारण वार्ताहरु पनि असफल भएको बताइन्छ । त्यो आरोप चर्को रुपमा लागेपछि लोकेन्द्र बहादुर चन्दको निवासमा एक बर्षअघि लिङ्देनविरुद्धको अभियान सुरु भएको थियो ।
पार्टीभित्र चर्को आलोचना भइरहेको बेलामा एक्कासी नेताहरुको जिम्मेवारी हेरफेर गरेको विषय पनि थपिएको थियो । महामन्त्री राणा अस्पतालमा भर्ना भएको मौका पारेर अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुख पद खोसेर रविन्द्र मिश्रलाई जिम्मा दिएका थिए । लामो समय अध्यक्षसँग टाढा रहेका मिश्रले सम्बन्ध सुधार गरेपछि महामन्त्री राणा नै मारमा परेका हुन् । त्यसले गर्दा पनि राप्रपाभित्र असन्तुष्टि बढाएको थियो । पछिल्ला दिनमा भने राप्रपामा विशेष भेला बोलाउनुपर्ने तर्क पनि उठेको छ । लिङ्देनको विपक्षी टोलीले विशेष भेला बोलाउने तयारी गरेपछि केन्द्रीय समिति बैठक बोलाएको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ माघ १४)

प्रतिकृया दिनुहोस