प्रचण्डको बेइमानी जुक्ति !
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा अस्वभाविक चलाखी गरेका छन् । अध्यक्षका लागि सहमति नहुने भएपछि प्रचण्डले निर्वाचित हुनसक्ने तीन जनालाई बेग्लाबेग्लै भेटमा सन्देश दिएका थिए । तिमी मेरो उम्मेदवार भन्दै तीनै जनालाई अध्यक्ष प्रचण्डले सन्देश दिएको र त्यसै अनुसार प्रचार गरेको पनि बताइन्छ । अध्यक्षका उम्मेदवारमध्ये हेमन्त राई, सुदीन पौडेल र विश्वराज शर्मा सापकोटालाई प्रचण्डले अध्यक्षमा आफ्नो उम्मेदवार भएको बताएका थिए । उनीहरुसँग बेग्लाबेग्लै भेटमा तपाईं नै मेरो उम्मेदवार भनेको स्रोतहरुले बताएका छन् । आफ्नो उम्मेदवार नहुने भएपछि प्रचण्डले त्यस्तो जुक्ति लगाएको बताइन्छ । जो जिते पनि आफ्नै हुने सन्देश दिनका लागि यस्तो चलाखी गरेको बताइन्छ । चुनाव हुने दिन भने प्रचण्ड पश्चिम नेपालको दाङमा थिए ।
हेमन्त राईलाई माओवादी नेता जनार्दन शर्माको साथ रहेको थियो । राई पूर्वमन्त्री सुदन किराँती निकट हुन् । किराँती पर्यटनमन्त्री हुँदा उनको सचिवालयमा बसेका थिए । राईलाई शर्माले बलियो साथ दिएपछि वर्षमान पुनले सुदीन पौडेललाई साथ दिएका थिए । तनहुँका पौडेललाई सुरुमा प्रचण्डले आश्वासन दिएको चर्चा थियो । तर, प्रचण्डले पौडेललाई साथ नदिएको संकेत पछिमात्रै पत्तो लाग्यो जब विश्वराज शर्मा सापकोटालाई शक्ति बस्नेतसहितको टोलीले साथ दियो । बस्नेतसहित हिमाल शर्मा र अग्नि सापकोटाहरुले विश्वराजलाई समर्थन गरेपछि पौडेल चाहिँ पुनको एक्लो उम्मेदवार बनेका थिए ।
त्यसरी अखिल क्रान्तिकारीमा तीनवटा सशक्त गुट बनेका थिए । प्रतिस्पर्धामा रहेकामध्ये यी तीन जना बलियो मानिएको थियो । उपदेश यादव पनि संगठनमा बलियो उम्मेदवारका रुपमा हेरिएको थियो । तर, उनको गुट भने नारायणकाजी श्रेष्ठको थियो । त्यसैले, उनले प्रभाव स्वभाविक रुपमा कमजोर थियो । श्रेष्ठलाई शर्मा र पुनले मिलाउन प्रयास गरेका थिए । तर, यादव भएका नेताहरुमध्ये सिनियर भएका कारणले उनले उम्मेदवारी छोड्न मानेन । शर्मा भने आफ्नो समूहका नेतालाई छोडेर अर्को समूहका नेतालाई स्वीकार्ने संभावना भएन । त्यसैले, उनीहरुवीच सहकार्य नभएको पनि बताइन्छ ।
त्यसरी तीनजनावीच सहमति नभएपछि तीनमध्ये एकजनाले जित्ने संभावना रहेको थियो । उक्त संभावनाका कारणले प्रचण्डले भने तीनमध्ये जो जिते पनि आफ्नो होस् भन्ने हेतुले आश्वासन दिएको चर्चा क्रान्तिकारीमा भइरहेको छ । शक्ति बस्नेत र वर्षमान पुन नै विभाजित भएपछि शर्माको टोली हावी भएको चर्चा पनि क्रान्तिकारीमा पहिलादेखि नै भइरहेको थियो । यद्यपि, पहिला शर्माले अध्यक्ष बनाएकी पञ्चा सिंहले भने सुरुदेखि नै बस्नेतको समूहमा लागेर सापकोटालाई जिताउन लागेकी थिइन् । त्यसले पनि केही मत भने प्रभावित बनाएको क्रान्तिकारीका नेताहरुको भनाइ रहेको छ । (साँघु साप्ताहिक, २०८१ माघ १४)

प्रतिकृया दिनुहोस