अर्थात जेमन्त : शरदराज गौतम
नेपालको कम्युनिष्ट राजनीतिमा भीम रावलको निष्कासन
राजनीतिको मसान जगाउने तान्त्रिक विधि फेरि बौरिएको छ ।
नेपालको कम्युनिष्ट इतिहास पढ्ने विद्यार्थीका लागि
यो कुनै अन्तिम घटना हुँदै होइन ।
यो धर्तीमा गरिबसित आजित भएकाहरुका लागि
एउटा खरानी बुटीको आविष्कार थियो, माक्र्ससिज्म ।
मनिसहरु बीचमा विभेदका सारा विकार निको पार्ने,
रामवाण बुटी ।
त्यसैको ऐँजेरु जिमढ्याहा व्याख्या हो, समाजवाद ।
आजको प्रिडिजिटल पुस्ता अलमलिएको कुइनेटो पनि यै हो ।
जसले जे मागे, जे चाहिंदा त्यै मिल्ने, मनचिन्ते दर्शन ।
पैंचो लिएको हिसाब देख्यो कि डबल तर मागे कि, भुस ।
एउटा सामन्तसित गरिबले बनाएको फर्मूला हो, यो ।
लिएको ऋणमा भेट्यो कि डबल
जति साउँ ब्याज लगाए पनि हुने ।
तर माग्दा भने भुस भएको मानिने ।
माक्र्ससिष्टहरुको अन्तिम निचोड नै यै हँे ।
माग्दँ भुस ।
यै दर्शन हो, जहाँ गरिब हुनुलाई पटक पटक
अपमान गर्न पाइन्छ ।
भीम रावल माक्र्ससिष्ट थिए, थिएनन् ।
इतिहासले लेख्दै गर्ला, वा बोल्दै गर्ला ।
तर भीम रावलले मागे, कि ।
भुस ।
नेपालका केही संभ्रान्त दर्जा ओढ्ने वा देखिन खोज्ने
एउटा खास किसिमका गमढ्याहा बुद्धिजीवीहरु छन् ।
तिनले उत्खनन् गरेको शब्द हो, मोका माक्र्ससिष्ट ।
महंगो कफीको गफमा माक्र्सको व्याख्या गर्नेहरु ।
जस्तो कि, क्यानाडाका प्रमुख प्रतिपक्षी दलका नेता
पिएर पोलियभले निकालेका छन, मासरेति माक्र्ससिष्ट ।
खासमा, खालिस्तान चाहने अप्रवासीका क्यानेडेली नेता
जगमित सिंहलाई लक्षित गरि भनिएको हो ।
तर, संघीय चुनावमा यो मासरेति माक्र्ससिष्ट शब्दावली
प्रधानमन्त्री ट्रुडो लक्षित भएर भाइरल भएको छ ।
मासरेति खासमा, यो संसारको सबभन्दा बिलासी कार हो ।
र, त्यस्तो कार चढी हिंड्ने माक्र्ससिस्टलाई भनिएको हो,
मासरेति माक्र्ससिस्ट ।
भीम रावलको घटनाले मुलुकमा मसान जगाउने
तान्त्रिक विधि बौरिएको हो ।
भनिन्छ, मसाने विधि असाध्यै आत्मघाती हुन्छ ।
तिनले आफै बनाएका हुन्छन्, भूत र प्रेतको डर ।
र, तिनलाई नियन्त्रण गर्ने विधि पनि आविष्कार गरेका हुन्छन् ।
त्यसको साधना विधिलाई रहस्यमयी बनाउँछन,
मसाने प्राक्टिस्नर्स ।
नेपालका कम्युनिष्टहरुले अपनाउने विधि नै त्यै हो ।
जहिल्यै अन्धकार पार्ने विधि ।
अँधेरोमा मात्रै चल्ला काढ्न सकिने हो ।
माक्र्ससिज्म पनि अँधेरोमा चल्ला पार्ने विधि हो ।
सत्ता नहतियाउञ्जेल माक्र्सवाद र
फुँदा जोडिने लेनिनवाद ।
सत्ता पुगे पछि हुनै नै हो, सामन्तवाद ।
अधिनायकवाद सहितको सामन्तवाद ।
भीम रावलमाथिको कार्यवाही
दस्ताबेज हो, आउँदो पुस्ताका लागि ।
रहस्य, रोमाञ्च र राजनैतिक अधिनायकत्वको ।
यसलाई आउने पुुस्ताका मानिसले पढने छन ।
र, फेरि व्याख्या र व्यापार दुबै गर्ने छन् ।
मासरेति माक्र्ससिस्ट ।
पुस्तौं पुस्ता जोडिरहने हो, फुँदा ।
माक्र्सवाद अघिल्तिर पछिल्तिर ।
खासमा भीमरावल, अस्थायी साधन हुन् ।
लाउने, प्रयोग गर्ने र फाल्ने । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस