नेताहरूको लुटतन्त्रले निम्त्याएको यो दुर्दशा ?
आज किन बुद्ध एयर र अरु पनि निजी क्षेत्रका हवाईजहाज कम्पनीहरूले नेपालको आकाश ढाकेका छन् ? अनि आज सरकारी स्वामित्वको ६७ वर्ष अघि सञ्चालनमा आएको शाही नेपाली वायुसेवा निगम(आरए)सँग आन्तरिक उडानका लागि उड्ने एउटै राम्रो जहाज छैन र बर्बाद अवस्था छ । किन मधेश प्रदेशलाई विशेष रोजगारी दिने सरकारी स्वामित्वको जनकपुर चुरोट कारखानाको अस्तित्व समाप्त पारियो ?
अनि, किन आज पनि निजी क्षेत्रको सूर्य टोबाकोका सिगरेटहरु अधिक उत्पादनसँगै बिक्री भइरहेका छन् ? एउटा दुईवटा टेलिकम र नेपाल विद्युत प्राधिकरण जस्ता छोडी राजा महेन्द्रका पालादेखि खडा भएका सरकारी उद्योगहरु हेटौंडा कपडा कारखाना र उदयपुर सिमेन्ट उद्योग कवाड बन्दैछन् ? अनि किन निजी सिमेन्ट कम्पनीहरूका सिमेन्ट मालामाल बिक्दैछन् र नाफा गर्दैछन् ? एउटा कारण स्पष्ट छ, सरकारी उद्योग जनताको धनबाट बन्ने तर मालिक बन्ने कर्मचारी वा मन्त्रीका नातेदार वा मन्त्रीहरूको पार्टीका कार्यकर्ताहरू जसले ती सरकारी कारोबारलाई २०४७ सालपछि लुटको अखडा बनाए ।
हालै २०८२ पुस १० गतेको ‘राजधानी’ दैनिकमा प्रकाशित समाचारअनुसार अमेरिकाको न्याय विभागले अफ्रिका र नेपालका सरकारी कर्मचारीलाई घुस दिएको भनि अमेरिकन एयर कार्य कम्पनीलाई ५५ मिलियन डलर जरिवाना गरेछ । कुरा स्पष्ट छ कि वायुसेवा निगमका कर्मचारी र सम्बन्धित सरकारका मन्त्रीहरुले घुस रकम आ–आफ्नो बनाए । त्यसो गर्दा लागतभन्दा बढी रकम नेपालको राजस्वलाई नोक्सान पारियो । निगमका २ थान वाइडवडी हवाई जहाजहरु किन्दा प्रधानमन्त्री, मन्त्रिमण्डल र मन्त्रीहरुसमेत मुछिएको कुरा आए । तर, कर्मचारीहरु सचिव शिशिर ढुंगाना र शंकर अधिकारी, सहसचिव बुद्धिसागर लामिछाने र सुगतरत्न कंसाकारसहित केही अरुलाई सजाय भयो । यो खरिदमा कागज सही गरी खरिदमा संलग्न मन्त्रीलाई पनि प्रतिवाद बनाइदा हाम्रो देशका महान न्यायाधीशद्वारा सफाई दिइयो । पटक पटक हवाई जहाजहरु किन्दा पाटपुर्जा र मर्मत सम्भारका ठेक्कापट्टा गर्दा भ्रष्टाचारका चर्चाहरु चलेका हुन्छन् ।
तर, यसअघि पनि कैयौं काण्डमा (नेपाल प्रहरीका लागि एपीसी खरिद) निर्णय गर्ने सरकारका प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरु भ्रष्टाचारको पोखरीमा डुबेका भएपनि ओभानो नै रहँदै आएका थिए । आज वायुसेवा निगम तिर्न नसक्ने गरी ऋणमा डुबेको छ । निगमका कर्मचारीहरु भएका जहाज पनि समयमा उडाउँदैनन् । आज चीनबाट ल्याइएका तीन अर्ब मूल्यका ५ थान जहाज ग्राउण्डेड भएर वायुसेवा निगमले उडान गर्न सक्ने अवस्थामा छैनन् । सन् १९५८ जुलाई (वि.सं.२०१४) मा स्थापित शाही वायुसेवा निगम (रोयल नेपाल एयरलाइन्उस कर्पाेरेशन)को गणतन्त्र आएपछि नेपाल वायुसेवा निगम नामाकारण गरियो ।
तर, वायुसेवा निगममा झन्झन् मन्त्री र कर्मचारीहरुको भ्रष्टाचार, लुट चल्यो कि आज मरणासन्न अवस्थामा पुगेको छ र तंग्रिने अवस्था पनि देखिंदैन । वास्तवमा उद्योग, व्यापार, व्यवसाय मध्ये आधारभूत संरचना, इन्फ्रास्ट्रक्चर, सडक, विद्युत, शिक्षा, स्वास्थ्य, अस्पताल इत्यादिमा मात्र सरकारले लगानी गर्नुपर्छ । त्यस्ता कुराहरु देश र जनताका आवश्यकता हुन्छन् । सरकारीस्तरमा खुलेको चीनको सहयोगमा बनेको बाँसबारी छालाजुत्ता कारखाना, रुसको सहयोगमा खुलेको चिनी कारखाना, सिमेन्ट कारखाना पछि सरकारी प्रभुत्व भएको विराटगर जुट मिल जुन बेला प्राइभेट उद्योगपतिहरुको व्यवस्थापनमा थियो, तीन सिफ्ट आठ÷आठ घण्टाको गरी २४सै घण्टा चलेका देखिन्थे । तर, पछि सरकारबाट कम्पनी प्रमुखहरुको नियुक्ति जथाभावी हुन थाल्यो, अनि त्यो डुब्दै गयो । पञ्चायतकालमा जुट व्यापार र विकास निगम पनि बनाइयो, तर त्यो पनि चलेन । व्यापार व्यापारीले गर्ने कुरा हो । उद्योग निजी उद्योगपतिले चलाउने कुरा हो ।
बेलायत (युनाइटेड किङडम) मार्गेरेट थ्याचर प्रधानमन्त्री भएको बखत सरकारको स्वामित्व रहेका खानीहरु, कम्पनीहरु, व्यापारहरु सबै निजीकरण गरेर जसको लगानी उसकै संचालनअन्तर्गत दिने आर्थिक कारोबार नीति लिइन । सुरुमा यसको ब्रिटेनमा कयौं विरोधीहरुले आलोचना गरेका थिए ।
मार्गेरेट थ्याचर सन् १९७९ देखि सन् १९९० सम्म प्रधानमन्त्री रहिन । जुन बखत उनी प्रधानमन्त्री भएकी थिइन । त्यससमय बेरोजगारी, मन्दी, महंगी र मुद्रास्फीतिले बेलायत आक्रान्त थियो । उनले बढी व्यक्तिगत स्वतन्त्रताको राजनीतिक र आर्थिक नीति लिइन । उनले सरकार सञ्चालित सबै उद्योग, कारखाना, कम्पनी, खानीलगायत सबैको निजीकरण गर्ने नीति लिइन । यसले गर्दा सुरुमा खानीमा काम गर्ने मजदुरहरुको ठूलो हड्ताल चल्यो । उनले यसको मुकाबला गरिन् । धेरै आलोचना गरिएपनि देशको अर्थतन्त्र र व्यापार, रोजगारी र उद्योगधन्दामा सुधार आउँदै गयो । जसले गर्दा उनको पार्टीले आमचुनावहरु जित्दै गयो । उनी ११ वर्ष लगातार प्रधानमन्त्री रहिन् ।
आज नेपालमा हामीहरु हेर्दा के दुर्दशा देख्दैछौं भने एकातिर निजी वायुसेवा कम्पनी बुद्ध एयरले जनतालाई ठूलो सेवा गर्दै नाफा गर्दै उन्नति गर्दै दुई दर्जन जहाज सहित अगाडि बढ्दैछ भने अर्काेतिर पटक पटक ठूला ठूला लगानीपछि लगानी थपिएको सरकारी वायुसेवानिगम गैरजिम्मेवार भ्रष्टाचारको ठूलो अखडा भयो । नेपालमा उडान सम्भव नै नभएका चिनिया जहाजहरु ल्याएर भ्रष्टहरुबाट राष्ट्रलाई पाँच अर्ब रुपैयाँ नोक्सान पारिएको छ । आज वायुसेवा निगमका चिनिया जहाज थोत्रो, इन्जिन बिग्रेका, उड्न नसक्ने हवाइजहाजहरु ग्राउण्डेड अवस्थामा लगभग एक दशकदेखि कवाड भएर बसेका छन् ।
नेपालको दुर्भाग्य चिनिया जहाजबाट राज्यलाई यत्रो ठुलो नोक्सान हुँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने कानमा तेल हालेर सन्चो मानेर बसिरहेको छ । राज्यको मायाँ भए पो अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरुले यस्ता काण्डहरुमा चासो दिन्थे र अनुसन्धान सुरु गरेर अर्बौंका कवाडी चिनिया जहाज ल्याउने निर्णय गर्नेहरुलाई पाता फर्काउन हिम्मत गर्थें । यस्तो अवस्थामा पनि वायुसेवा निगमसँग अचल सम्पत्तिहरु भने धेरै छन् ।
डुबिरहेको वायुसेवा निगमको निजीकरण भएन भने अर्काे राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री र सुगतरत्नजस्ताको भ्रष्टाचार र लुटका खली कर्मचारीहरुको वाइडबडी र न्यारोबडीको किनबेचजस्ता देश र जनतालाई ऋण बोकाएर भ्रष्टहरुलाई करोडपति, अर्बपति बनाउने भ्रष्टाचारको पुराना अखडा बन्छ र जनताम(ाथि ऋण थप्दै लुट सदाबहार रहिरहन्छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस