🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्फा महिला लिगमा बागमती युवा क्लबविरुद्ध एपीएफको जित

काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ क्लबले जीत हासिल गरेको हो ।

रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को  फराकिलो जीत हासिल गरेको छ ।

एपिएफले दोस्रो चरणको खेलमा सुखद सुरुआत गर्दा बागमतीको भने यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित हुन बाध्य भएको थियो ।

एपिएफलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले थप एक एक गोल गरेका थिए भने बागमतीका लागि पुष्पाकुमारी खड्काले एक मात्र जवाफी गोल फर्काएकी थिइन् ।