क्रियाशील सदस्यतामा विवाद, जिल्ला जिल्लामा हुँडलो
काठमाडौँ । महाधिवेशन आउन एक वर्ष बाँकी छँदा सत्ताधारी पार्टी काँग्रेसमा फेरि क्रियाशील सदस्यता विवाद चर्किएको छ । काँग्रेसमा क्रियाशील सदस्यता महाधिवेशनको मुख्य आधार मानिन्छ । यतिबेला जिल्लादेखि वडा तहसम्म गुटगत लफडाका कारण विवाद बल्झिएको छ । व्यक्तिगत र गुटगत कारणले जिल्लामा पुगेका फारमहरू तल्लो तहसम्म पुग्न बाधा व्यवधान खडा भएपछि समस्याले जटील रुप लिएको हो । आन्तरिक कलहका कारण परिस्थितिलाई काबु बाहिर जान नदिई विवाद मिलाउन पार्टी महामन्त्री गगनकुमार थापा नेतृत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति समेत गठन गरिएको छ । जसमा सिता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् ।
काँग्रेसका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार थापा नेतृत्वको समितिको २०८१ पुस ४ गते बिहीबार बसेको बैठकमा क्रियाशील सदस्यता विवादबारे गंभीर छलफल गरिएको थियो । २०८१ पुस ४ गते विहीबार समस्याग्रस्त जिल्लाको क्रियाशील सदस्यता विवाद र समस्याका विषयमा पार्टी सचिवालयले समितिलाई ब्रिफिङ नै गरेको थियो । थापा समितिलाई जिल्ला जिल्लामा भएको समस्या सुल्झाउन केन्द्रले म्याण्डेड दिएको जनाइएको छ । कांग्रेसमा विधानतः १८ वर्ष उमेर पूरा भएको पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था राख्दै पार्टीको अनुशासनभित्र रहन मन्जुरी दिने व्यक्तिलाई क्रियाशील सदस्यता दिइन्छ ।
क्रियाशील सदस्यता वितरण गर्दा सर्वप्रथम वडा कार्यसमितिले सदस्यताको सिफारिस पालिका समितिमा पठाउनुपर्ने विधानको व्यवस्था छ । त्यसपछि पालिका समितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिस भई आएका व्यक्ति क्रियाशील सदस्यता पाउन योग्य भएमा सोही बमोजिम वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउने, वडा कार्यसमितिले फारम प्राप्त भएको दुई हप्ताभित्र पालिका समितिमा फिर्ता पठाएपश्चात् पालिका समितिले प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई पठाउने, त्यसको दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्ने विधानमा व्यवस्था छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र योग्यता पुगेका व्यक्तिलाई क्रियाशील सदस्यता प्रदान गर्दछ । नवीकरणमा वडा समितिबाटै प्रक्रियाको सुरुवात हुन्छ । वडामा सदस्यता रिन्यु गर्नका लागि आवेदन परेपछि वडा कार्यसमितिले सदस्यता नवीकरण गर्दछ । क्रियाशिल विवाद चर्किरहेका बेला काँग्रेसले अगामी २०८१ पुस १८ गते सम्मको डेटलाइन तोकेर तल्लो तहसम्म सदस्यता फाराम पठाइदिन निर्देशन समेत जारी गरेको छ ।
महामन्त्री थापा नेतृत्वको समितिको पहिलो बैठकले क्रियाशील सदस्यताको विषयलाई चाँडै टुङ्गोमा पुराउने निर्णय लिएको ति केन्द्रीय सदस्यको भनाई छ । समिति सदस्य सीता गुरुङलाई बागमती र गण्डकीको जिम्मेवारी दिइएको छ भने प्रकाश रसाइलीलाई मधेस र लुम्बिनीको समस्या मिलाउन जिम्मेवारी तोकिएको छ । कोशी कर्णाली र सुदूरपश्चिमको विवाद सुल्झाउने जिम्मा पनि रासाइलीले नै पाएका छन् ।
केन्द्रबाट सदस्यता नवीकरण र वितरणको फारम जिल्ला जिल्लामा पठाउने कार्य यसअघि नै भएको थियो । क्रियाशिल फारम नै गुटगत स्वार्थका कारण तल्ला तहमा जानबाट रोकिएको छ । केही फारम जिल्लामा र केही क्षेत्रमा पुगेर थन्किएका छन् । काँग्रेसका जिल्ला सभापतिहरूले केन्द्रमा सनाखत् गरेर क्रियाशिल फाराम बोरामा खाँदेर लगेका हुन् । तर ति फारमहरू स्थानिय तहमा पु¥याउनुपर्नेमा जिल्ला र क्षेत्र तहमै रोकिएका छन् । समस्या जटील बनेपछि थापा नेतृत्वको समितिले समस्या पुस १८ गते सम्म पनि जिल्लाले सबै तहका संरचनामा क्रियाशील फारम नपठाएका खण्डमा केन्द्रबाटै हस्तक्षेप गर्ने निर्णय लिएको छ ।
यसरी काँग्रेसमा क्रियाशील सदस्यता वितरणले गंभिर समस्या हुने देखिएको छ । यदि १८ गतेसम्म तल्लो तहमा जल्ला र क्षेत्रबाट फारम नपठाए पुगेको फारम पनि क्यान्सिल गरेर नयाँ फारम वडा तहसम्मै पु¥याउने चेतावनी समितिले दिएको छ । त्यसपछिको परिस्थिति जिल्ला र क्षेत्रका नेतृत्वकर्तामाथि कारवाही भई जिम्मेवारीमुक्तसम्मको अवस्थामा पुग्ने अनुमान गरिएको छ । यस्तो अवस्था आयो भने महाधवेशनको मुखमा काँग्रेसभित्र कचिँगल र हुँडलो मच्चिने प्रश्ट छ । (साँघु साप्ताहिक, २०८१ पुस ८)

प्रतिकृया दिनुहोस