• बिहीबार-पौष-११-२०८१

बर्दिवास अस्पतालका ८० प्रतिशत कर्मचारीहरू प्याथोलोजी ल्याव, औषधि पसल सञ्चालक, सेवाग्राही मारमा

एक दर्जन कर्मचारीहरूकै सेटिङ्गमा निजी स्वास्थ्य क्लिनकहरू सञ्चालन

महोत्तरी, १० पुस। पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएका छन ।

 

अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन ।

 

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पसल, ल्याव तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी बनाईरहेको देखिन्छ ।

 

`पर्याप्त जनशक्ति भएतापनि सामान्य रगत जाँचको लागि वाहिर जानुपर्दो रहेछ,` स्थानीय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकीय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´

 

अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार बनाएका छन ।

 

अस्पताल परिसरवाट बाहिर निस्केपछि झण्डै एक दर्जन औषधि पसल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ ।

 

वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधि पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।

 

अस्पतालको वाहिरी गेट देखि परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन ।

 

यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन भने कतिपय गुपचुप खोलेको छन् । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन ।

 

`भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´

 

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवर्द्धन सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ ।

 

तर खुलेआम वाक्लै संख्यामा खुलेका कर्मचारीका फार्मेसीले अस्पतालको व्यवस्थापकीय पाटो माथि नै गम्भीर आशंका उत्पन्न गराएका छन्  ।

 

अस्पतालका प्रबक्ता जगत खड्का अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यद्पि यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन् ।

 

तर, २०८१ पुस ८ गते  सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रबक्ता खड्कालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए ।

 

अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पूर्ण जाँच गर्ने गरिन्छ ।

 

महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौं । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने ।

 

त्यस्तै ह्यापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन् । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन् ।

 

 `भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´

 

 तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानीय उर्मिला घिमिरे वताउछिन् ।

 

अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन ।

 

यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन ।

 

 सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन ।

 

तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि बढिरहेको अस्पतालका प्रबक्ता जगत खड्काको दावी छ ।

 

 केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्वीकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए ।

 

 तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा बनिरहने गुनासो गर्छन । बर्दिवास-३ की उर्मिला घिमिरे यदि सोझो बन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य बनाउने गुनासो गरिन ।

 

यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक  खोल्ने क्रम समेत बढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ ।

 

आफूलाई डा.प्रमोद साह बताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा यहाँ पाईने वताए ।

 

बाहिर निजी अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधि पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन ।

 

बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ ।

 

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पसल, ल्याव तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी बनाईरहेको देखिन्छ ।

 

 यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने बताए। अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पसल र किल्निक खोल्नु गलत भएको बताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडि समेत बढाउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस