चीनविरूद्ध फ्री तिब्बतीवाला सक्रिय
काठमाडौं । तिब्बतबाट भागेर भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा विगत ६५ वर्षदेखि बस्दै आएका तिब्बतीयन धार्मिक गुरु दलाई लामाको नाममा नेपालमा रहेका तिब्बतीयन शरणार्थीहरूले अवाञ्छित गतिविधि बढाउन थालेका छन् ।
खासगरि भारत, अमेरिका र पश्चिमी राष्ट्रहरूको संरक्षण र उक्साहटमा नेपालमा रहेका तिब्बतीयन शरणार्थीहरूले २०८१ मंसिर २५ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन बौद्धको भुवल डाँडास्थित शेल्कर गुम्बामा बिहान तिब्बतीयन धार्मिक नेता तथा बौद्ध धर्म गुरु दलाइ लामाले विश्व शान्ति नोबेल पुरस्कार प्राप्त गरेको ३५ वर्ष पूरा भएको अवसरमा बौद्ध तिब्बतीयन शरणार्थी क्याम्पका पूर्व अध्यक्ष छिरिङ ढुन्डुप र मानव अधिकारकर्मी सोनाम लामाको उपस्थितिमा दलाइ लामाको फोटोमा खादा चढाउने, लामाले दिएको सन्देश सुनाउने र शान्ति पूजा सहित प्रसाद ग्रहण गर्ने गतिविधि गरेको प्रहरी स्रोतले बताएको छ ।
यसैगरि सोही दिन बिहान ललितपुरको एकान्तकुनास्थित तिब्बेतीयन क्याम्पको हान्डिक्राफ्ट भवनको टहरामा पनि तिब्बतीयन शरणार्थी क्याम्प जावलाखेलका म्यानेजर छिरिङ्ग डोल्मा र लेखा प्रमुख कर्मा दावाको नेतृत्वमा करिब पाँच दर्जन तिब्बेतीयन शरणार्थीहरुले दलाल लामाको फोटोमा पूजापाठ, सांस्कृतिक कार्यक्रम गरि चिनियाँ सरकारको विरोध गरेको स्रोत बताउछ ।
काठमाडौं उपत्यकामा तिब्बतीयन शरणार्थीहरू काठमाडौं बौद्धको पुरानो अरव बैंकभित्र रहेको पुरानो कार्पेट डेक्की खान्सार, सेटलमेन्ट क्याम्प, जोरपाटी खम्पा क्याम्प, साम्देलिन गुम्बा, शेल्कार गुम्वा, छुप्साङ गुम्बा, कपन गुम्बा, कपन आनी गुम्बा, स्वयम्भु र ललितपुरको जावलाखेल क्याम्पमा गरि करिब तीन हजारको संख्यामा बसोबास गर्दै आएका छन् ।
उनीहरूको स्वास्थ्य, शिक्षा, बसोवास, सीप विकास, आर्थिक, सामाजिक, सांस्कृतिक विकास र राजनीतिक नेतृत्व विकासमा भारत, अमेरिका र पश्चिमा राष्ट्रहरूले लगानी गर्दै आएको स्रोत बताउछ । २०२४ डिसेम्बर १० मा तिब्बतीयन शरणार्थीहरूले उच्छृंखल गतिविधि गर्ने आशंकाले प्रहरी प्रशासनले बौद्ध, जोरपाटी, जावलाखेलका तिब्बतीयन शरणार्थी क्याम्प र तिब्बतीयन शरणार्थीहरू लामा गुरु भएका गुम्बाहरूमा प्रहरी परिचालन गरि शरणार्थी क्याम्प र गुम्बा बाहिर चीन विरोधी गतिविधि गर्न रोकेको गृह मन्त्रालय स्रोतले बताएको छ (साँघु साप्ताहिक, २०८१ पुस ८)

प्रतिकृया दिनुहोस