राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा समानान्तर चिफ ?
काठमाडौं । देशको आँखा, नाक, कान र जिब्रो मानिने एकमात्र गुप्तचर निकाय ‘‘राष्ट्रिय अनुसन्धान विभाग’’का मुख्य अनुसन्धान अधिकृत (चिफ) हुतराज थापासँग प्रधानमन्त्री केपी शर्मा ओलीको ट्युनिक नमिल्दा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भुइँतलामा समानान्तर चिफका रूपमा सुदूरपश्चिम प्रदेश कैलालीबाट अनुसन्धान निर्देशक किशोर श्रेष्ठलाई तानेर राखेको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा भने विभागमा कार्यरत सहअनुसन्धान निर्देशक नवीन अधिकारीलाई कामु दिएर पठाइएको छ ।
‘समानान्तर चिफ’ भनेर चर्चामा रहेका श्रेष्ठलाई गम्भीर किसिमका जासुसी कार्य गर्ने जिम्मेवारी सहित सुशासन हेर्ने सचिव कृष्णहरि कर्ण पुस्करलाई छिनछिनमा रिपोर्ट गर्न मुख्यसचिव एक नारायण अर्यालले मौखिक जिम्मेवारी दिएको कर्मचारी स्रोत बताउछ ।
विभागका चिफ थापा माओवादी केन्द्र निकट भएको र माओवादी केन्द्रका गतिविधि माथि निगरानी गरि रिपोर्ट नपठाएकोमा असन्तुष्ट हुँदै प्रधानमन्त्री ओलीले लमजुङ घर भएका श्रेष्ठलाई नयाँ जिम्मेवारी दिएको चर्चा हुने गरेको छ ।
तर, विभाग स्रोतले भने विभाग प्रधानमन्त्री कार्यालय मातहतमा आएपछि त्यहाँ सचिव, मुख्यसचिव र प्रधानमन्त्रीसँग समन्वय गर्ने उच्च तहका कर्मचारी थिएनन्, अहिले त्यो व्यवस्था भएर श्रेष्ठलाई पठाएको दावी गरेको छ ।
पहिला गृह मन्त्रालय मातहत विभाग हुँदा २०४७ सालमा गृह मन्त्रालयमा तात्कालीन डिआईजी प्रभात शमसेर राणा उपप्रमुख तथा गृह प्रवक्ता भएर बसेका थिए । उनको अवकासपछि डिआईजी गोपेन्द्र बहादुर पाण्डे लामो समय गृह प्रवक्ता भएर अनुसन्धान विभागको समन्वय गरेर बसे ।
विभागबाट गृहको शान्ति सुरक्षा महाशाखामा डिएसपी र एसपी काजमा बस्थे । अहिले पनि अनुसन्धान अधिकृत श्रेष्ठलाई पठाइएको विभाग स्रोतले दावी गरेको छ । श्रेष्ठलाई गम्भीर जासुसी गर्न अधिकार दिएपनि विभागले जनशक्ति र स्रोत साधनको व्यवस्था भने नगरेको स्रोतको दावी छ । विभागले प्रधानमन्त्री कार्यालयमा पठाउने रिपोर्ट श्रेष्ठमार्फत जाने काम मात्रै भएको बताइएको छ ।
चिफ थापा र प्रधानमन्त्री बिचको टसलले एसपी र एसएसपीको लामो समयदेखि सरूवा र बढुवा रोकिएको छ । केही अघि उपअनुसन्धान निर्देशकहरूको सरूवा फायल सचिव कर्ण कहाँ पठाएकोमा सरूवा निर्णय नगरि विभागमै फर्किएकाले गणेश प्रसाद अधिकारी निकट प्रकाश आचार्य तनावमा परेका छन् ।
यस्तै विभागमा सूचकदेखि अनुसन्धान निर्देशकसम्मका पदमा बढुवा हुन सकेको छैन । एक वर्ष भन्दा बढी समयदेखि एकै ठाउँमा बसेकाहरूको सरूवा पनि लामो समयदेखि हुन सकेको छैन ।
विभागका चिफ थापाले सूचकदेखि वरिष्ठ अनुसन्धान सहायकसम्मको बढुवा तत्कालै गर्न सक्ने र एसपीसम्मको सरूवा गर्ने अधिकार भएपनि आफ्नो अधिकार प्रयोग नगरि घाम तापेर बस्दै आएको आरोप छ ।
काठमाडौं उपत्यकाको सेक्टरहरूमा भने रिक्त स्थानमा मात्र सरूवा गरेका छन् । अरू सरूवा र बढुवा पुरै बन्द जस्तै छ । उनले जिल्ला र प्रदेशका प्रमुखहरूलाई कुनै सम्पर्क नगरि बसेको चार महिना भैसकेको गुप्तचरहरू बताउछन् । (साँघु साप्ताहिक, २०८१ पुस ८)

प्रतिकृया दिनुहोस