नागरिक उड्डयन प्राधिकरणको कार्यशैलीप्रति प्रश्न ? : पर्यटन मन्त्री र मन्त्रालयलाई दुःखेन देश !
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल दैनिक साँझ देखि बिहान ८ बजेसम्म दैनिक रुपमा बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले समानान्तर ट्याक्सी वे बनाउने र त्यसलाई रन वेमा जोडने निर्माण कार्य गरिरहेको छ । कात्तिक, मंसिर, पुष र माघ महिना मुलुकमा पर्यटक आउने अन्तर्राष्ट्रिय उडानको पिक समय रहेको बताइन्छ । खासगरी पुष, महिना र माघ महिनामा भैरहवा विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने संभावना कमै देखिन्छ । त्यसपछि मनसुन र वर्षाकाकारणले पनि समयमा निर्माणको काम हुन सक्दैन । यही कारण नै उपयुक्त निर्माण कार्य समय भएको प्राधिकरण स्रोतले दावी गरेको छ ।
प्राधिकरणले फ्लाइट हुने बेलासम्म रन वे को दायाँबायाँ ७५ मिटरसम्म दैनिक जमिन देखाउनुपर्ने, त्यसपछि माटो फिल र बेस फिल गर्नुपर्ने बाध्यता रहेको छ । त्यसपछि रन वे पनि क्लियर गर्नुपर्छ । त्यसो गरेन भने आईकाओको स्टान्टर्ड भित्र नपर्ने भएकाले प्राधिकरणले एयरपोर्ट पुन संचालन गर्न सक्दैन । त्यसकारण प्राधिकरणलाई काम गर्ने न्युनतम १० घण्टा समय चाहिने प्राधिकरणको दावी रहेको छ । सोही योजनाअनुसार प्राधिकरणले त्रिभुवन विमानस्थल ५ महिनाका लागि बन्द गरेको बताइन्छ । दैनिक १० घण्टा बन्द गर्दा यो हिसावले पाँच महिना अर्थात् आगामी २०८१ चैत्र २३ गतेसम्म निर्माण कार्य सम्पन्न हसने अपेक्षा गरिएको छ ।
प्राधिकरणले दैनिक १० घण्टाको साटो ८ घण्टा मात्र निर्माण कार्य गरेको भए अझै ७ महिना समय लाग्ने बताइन्छ । जसले गर्दा २०८२ जेठ महिनासम्म समय लाग्ने र यसले अर्को समर सेड्युललाई पनि असर गर्न सक्ने दाबी प्राधिकरणले गर्दै आएको छ । हालको सेड्युलले सन् २०२४ को नोभेम्बर महिनाको १५ दिनलाई अलि बढी असर गर्ने प्राधिकरण स्रोतले बताएको छ ।
अन्तर्राष्ट्रिय हवाई भाडामा केही सुधार
हवाई भाडाको कालोबजारी र यात्रुको ठगीको घटना सार्वजनिक भएसँगै प्राधिकरणले हस्तक्षेप गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय हवाई भाडा दरमा केही सुधार आएपनि अझै भाडा दर पुरानै लयमा भने फर्किएको छैन । विमानस्थलको सञ्चालन अवधि कम भएसँगै हवाई टिकटमा भएको कालोबजारी र यात्रुलाई ठगी घटनामा आंशिक रूपमा सुधार देखिएता पनि यसको लाभ प्राप्त गर्न भने अझै थप समय लाग्ने बताइएको छ । विमानस्थल सञ्चालनको समय १० घण्टा घटाएर टयाक्सी वे निर्माण कार्य ०८१ कार्तिक २३ गते शुक्रबारदेखि सुरू गरिएको थियो ।
विमानस्थल मर्मत कार्य गर्ने सेडूअल बाहिर आएसँगै हवाई भाडा बढ्न थालिसकेको थियो । काठमाडौँ दिल्लीको एकतर्फी टिकट भाडा रकम ६०÷७० हजारसम्म पुगेको थियो । प्राधिकरणको हस्तक्षेपपछि नोभेम्बर महिनाका लागि दिल्ली जाने भाडा दर ४०÷५० हजार रूपैयाँसम्ममा झरेको पर्यटन व्यवसायीहरू बताउछन् । डिसेम्बर दोस्रो साताका लागि टिकट काट्दा भने यो भाडा १९÷२० हजार रूपैयाँसम्म रहेको बताइन्छ । अहिले टिकट काट्न जाँदा ट्राभल एजेन्सी र विमान कम्पनीका जिएसएहरूले टिकट छैन र सम्पर्क नम्बर छाडेर जानु भन्ने गरेको स्रोत बताउँछ ।
पछि फोन गरेर दुइटा टिकट पाइएको र २५ हजार लाग्छ भन्दै बार्गेनिङ गर्दै २० हजार रूपैयाँमा दिने प्रवृत्ति देखिएको छ । सामान्य अवस्थामा काठमाडौं–दिल्ली जाने हवाइ भाडा दर १३ हजारदेखि १५ हजार रूपैयाँसम्म पर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । १० घण्टा एयरपोर्ट बन्द हुन थालेपछि डिमाण्ड र सप्लाईको आधारमा पनि भाडा बढाइन्छ । यो बाहेक अस्वभाविक रूपमा बढेको भाडादर केही नियन्त्रणमा आउनेक्रम जारी रहेको दावी गरिएको छ ।
भाडादरमा घट्नुमा टीबीए प्रणाली खारेज हुनु मुख्य कारण रहेको बताइएको छ । एउटै ट्राभल कम्पनीलाई एकमुष्ट टिकट बेच्न नपाउने भएपछि टिकट होल्ड गरेर महँगोमा बेच्ने प्रबृत्तिको अन्त्य हुन पुगेको बताइन्छ । त्यही भएर भाडा घटेको स्रोत बताउछ । नोभेम्बरसम्म धेरै टिकट बुकिङ भइसकेको र कतिपय एयरलाइन्सले निर्णय हुनु भन्दा अगाडि नै एकमुष्ट रूपमा टिकट बुकिंग गरेको कारणले अपेक्षित रूपमा हवाइ भाडा दर घट्न नसकेको स्रोतको दावी रहेको छ । अहिले दिल्लीका लागि कट्टा भएका केही उडानहरु प्राधिकरणले समायोजन गरेको छ ।
उता भैरहवाबाट समेत उडान सुरु हुँदासमेत भाडादर नियन्त्रणमा केही सहयोग पुगेको बताइन्छ । तर, भैरहवा उडान लुम्बिनी दर्शन गर्ने विदेशी पर्यटक, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा जाने नेपाली नागरिकले मात्र यात्रा गर्दै आएका छन् । यस्ता यात्रु कम हुँदा भैरहवाको उडान व्यवसायिक र नियमित हुन सकिरहेको छैन । काठमाडौं घुम्ने पर्यटक, बागमती, मधेस र कोशी प्रदेशका यात्रु भने काठमाडौंकै विमानस्थल बढी प्रयोग गर्दै आएका छन् ।
प्राधिकरण नेतृत्व गैरजिम्मेवार
प्राधिकरणले त्रिभुवन विमानस्थलमा ट्याक्सी वे निर्माण गर्ने योजना बनाउनु अघि उडानको कार्यतालिका फेरबदलका लागि अन्तराष्ट्रिय हवाई कम्पनीलाई जानकारी गराएको पाइँदैन । साथै, एयरलाइन्स कम्पनीको टिकट बिक्री गर्ने जिएसए र ट्राभल एजेन्सीहरूसँग बिहान ७ बजेदेखि राति ९ बजेसम्म उडान र अवतरण गराउने गरी सहमति गराउन भूमिका खेल्न सकेको पाइँदैन । यदि त्यसो गर्न प्राधिकरणले भूमिका खेलेको भए अन्तर्राष्ट्रिय उडानको संख्या कटौती गर्नुपर्ने अवस्था आउने थिएन भन्ने स्रोतको भनाई रहेको छ ।
स्रोत भन्छ ‘जसले नेपाल आउने पर्यटकको संख्या घट्ने थिएन । विश्व मन्दीले मुलुकको आर्थिक अवस्था शिथिल र जर्जर भैरहेको अवस्थामा पर्यटन उद्योगले थौरै भएपनि राहत पुग्ने थियो ।’ दैनिक १० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा पर्यटन व्यवसायमा गम्भीर असर पर्न थालेको बताइन्छ । यस विषयमा मन्त्री बद्री पाण्डे, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गम्भीर हुन सकेको देखिएन । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)

प्रतिकृया दिनुहोस