भारतका राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जा प्रदान
काठमाडौं, २०८१ मंसिर २७ गते, (१२ डिसेम्बर) – मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई २०८१ मंसिर २७ गते भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रमको अवसरमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।
नेपाल र भारत बीचको ऐतिहासिक, सांस्कृतिक र सैनिक सम्बन्धको निरन्तरता स्वरूप यो सम्मान प्रदान गरिएको हो। नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ।
प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। यस अवसरमा, उहाँले थल सेना भवन परिसरमा वृक्षारोपण पनि गर्नुभएको थियाे ।
यो सम्मान नेपाल र भारत बीचको मित्रवत् सम्बन्ध र आपसी सहयोगको प्रतीक हो, जसले दुवै राष्ट्रहरूको सैनिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस