शहरीको सचिव बन्न दौड
काठमाडौं । शहरी विकास मन्त्रालयमा कार्यरत सचिव मणिराम गेलाल ०८१ मंसिर १२ गते बुधवार देखि ५८ वर्षे उमेर हदका कारण कुनै विवादमा नपरी अवकासमा गएका छन् । उनको अवकाससँगै सो मन्त्रालयको सचिवमा सरूवा हुन नेपाल सरकारका आधा दर्जन प्राविधिक सचिवहरूले दौडधुप गरिरहेको उच्च प्रशासनिक स्रोतले जानकारी दिएको छ । यतिखेर मन्त्रालय निमित्त सचिवको भरमा संचालन हुँदै आएको छ । निमित्तको जिम्मेवारी वरिष्ठ प्राविधिक सहसचिव सुई पदम प्रसाद मैनालीले पाएका छन् ।
मन्त्रालयमा सचिव रिक्त भएपछि लोकसेवा आयोगले यसै साता सरकारलाई प्राविधिक एक सचिव बढुवाका लागि बरिष्ठ प्राबिधिक सहसचिवहरु दीनानाथ मिश्र, रामप्रसाद घिमिरेसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको बताइन्छ । यता, मन्त्रालयको सचिवमा बाजी मार्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राबिधिक सचिव विश्वबाबु पुडासैनी, जल तथा शक्ति आयोगमा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल र खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले रुची देखाएको बुझिएको छ । तर, मन्त्री प्रकाशमान सिंहले कांग्रेस निकट, त्यसमा पनि काठमाडौंबासी र नेवार समुदायबाट सचिव भित्र्याउने चाहना गर्दै आएको निकटस्रोतले बताएको छ ।
पटक– पटक मन्त्री र उपप्रधानमन्त्री भएर पनि आम नागरिक र मुलुकका लागि मन्त्री सिंहले उल्लेख गर्न लायक कुनै काम गर्न नसकेको आरोप खेप्दै आएका छन् । यथास्थितिमै रमाउन चाहने मन्त्री सिंहले माथि उल्लेखित नामहरुमध्ये कसलाई सचिवको जिम्मेवारीमा मन्त्रालयमा भित्र्याउने हुन् कर्मचारीहरूले चासोपूर्वक हेरिरहेको बताइन्छ । मन्त्री सिंहले कांग्रेस त्यसमा पनि वर्तमान परराष्ट्र मन्त्री डा. आरजु राणा देउवानिकट रहेका उर्जा आयोगका सचिव सिग्देललाई भित्र्याउने संभावना अधिक रहेको चर्चा छ । त्यसपछि काठमाडौं बागबजार निवासी खानेपानी सचिव बज्राचार्य पनि उनको रोजाईमा पर्ने स्रोतको भनाई रहेको छ ।
सचिव बढुवा भएपछि गतिलो मन्त्रालय नपाएका विज्ञान तथा प्रविधि सचिव पुडासैनी पनि निर्माण व्यवसायीसँग साँठगाँठ मिलाएर सो मन्त्रालयमा भित्रिनका लागि शक्तिकेन्द्र प्रयोग गरिरहेको स्रोत बताउँछ । सो मन्त्रालयमा भित्रिने सचिवका बारेमा पनि निर्माण व्यवसायीहरूको निकै ठुलो चासो रहने गरेको छ । त्यही भएर मन्त्री सिंह निकट रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवम् भतिजो रवी सिंहमार्फत व्यवसायीमैत्री सचिव लागि उनीहरुले चलखेल गर्दै आएको चर्चा छ । यो अवस्थामा रवी सिंहको सिफारिसमा विगतमा सेटि¨मा ८४ अर्बको ठेक्का र कमिशनमा विवादमा परेका उर्जा आयोगका सचिव गोपाल सिग्देल भित्रिनसक्ने संभावना प्रवल रहेको मन्त्री निकट स्रोतले बताएको छ ।
मन्त्री सिंहको काम गर्ने, नीति निर्माण गर्ने विशेष क्षमता नभएको भन्दै निजी सचिव रहेका राजेश पन्थी सरूवा मागेर गृह मन्त्रालय गएका छन् । त्यसपछि मन्त्री सिंहले उपसचिवस्तरका निजी सचिवसमेत मन्त्रालयमा नियुक्त गर्न सकेका छैनन् । शाखा अधिकृतबाटै निजीसचिवको समेतकाम चलाउदै आएका छन् । नेपाल निजामती कर्मचारी युनियन निकट धेरै उपसचिवहरू सिंहदरबारभित्र हुँदाहुँदै पनि सिंहको सचिवालयमा निजी सचिव भएर काम गर्न नमानेको कर्मचारी स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस