‘डन कर्मचारी’ सरूवामा किन अलमल !
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उत्सुकता देखाउँदै आएका छन् । मन्त्री पौडेलले सचिव डा. रोशन पोखरेलको साथ र सहयोग नपाउँदासमेत स्वास्थ्य क्षेत्रमा समाजवाद र लोकतन्त्र कायम गरेर आम नागरिकलाई सन्तुष्ट पार्ने नीति अख्तियार गर्न सुरु गरेको बताइन्छ । यही कारण उनले मन्त्रालय, स्वास्थ्य विभाग, विभिन्न महाशाखा, निर्देशनालय, अस्पताल, विकास समितिमा दुईवर्ष देखि एकै निकायमा बसेर ‘तरमार्दै’ आएका प्रशासन सेवातर्फका अधिकांश कर्मचारीहरूलाई अन्यत्र निकायमा सरुवा गरिसकेको स्रोतले जानकारी दिएको छ । यसअघिका मन्त्रीहरुलाई खुसी बनाएर सेटिङमा सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्न असहयोगी भूमिका खेल्दै आएका कतिपय कर्मचारीलाई मन्त्रीले कारवाही स्वरुप नसिहत दिई सकेका छन् ।
खरिद र सेवा प्रवाहका कमशिनमा लिप्त अधिकांश कर्मचारीको सरुवा गरिएको स्रोतले दावी गरेको छ । तर, मन्त्री पौडेलले स्वास्थ्य सेवातर्फका कर्मचारीलाई भने अझै सरुवा गर्न आँट किन गरिरहेका छैनन् भन्ने प्रश्न उठ्ने गरेको छ । हिजो १६ गते आइतवारसम्म स्थानीय उपनिर्वाचनको कार्यक्रम रहेकोले आचारसंहिताका कारण मन्त्री पौडेलले उनीहरुको सरुवा गर्न नसकेको स्रोतले दावी गरेको छ । आज सोमवार मन्त्री पौडेल इन्डोनिसयाको जर्काता जाने कार्यक्रम रहेको बुझिएको छ । मन्त्री पौडेल आगामी मंसिर २१ गते शुक्रवार मात्र स्वदेश फर्किने छन् । त्यसपछि अर्कोसाता भित्र संभवत लामो समय एकै निकायमा बसेर र सेटिङमा काम गर्दै आएका कर्मचारीहरुको सरुवा हुनसक्ने स्रोतले उल्लेख गरेको छ ।
विगतका स्वास्थ्य मन्त्री विरोध खतिवडा, भवानी खापुङ, मोहन बहादुर बस्नेत, उपेन्द्र यादव, प्रदीप यादव, सचिव डा. रोशन पोखरेललगायतले थैलीको चलखेल गरी सेटिङमा सरुवा गरेका र दुई वर्षभन्दा बढी समयदेखि एकै निकायमा रहेका आठौदेखि ११ तहसम्मका प्राविधिक कर्मचारीहरूको सरूवा हुनसक्ने बताइएको छ । मन्त्री पौडेलले उच्च व्यवस्थापन क्षमता भएका, इम(ान्दार, जनउत्तरदायी कर्मचारीलाई भने उचित निकायमा जिम्मेवारी दिएर खटाउने तयारी गरिरहेको बुझिएको छ । कर्मचारीहरुको विज्ञता, अनुभवका आधारमा उनीहरुलाई उचित निकायमा सरूवा गरेर स्वास्थ्य क्षेत्रमा सुधार गर्ने कार्य योजना मन्त्री पौडेलको रहेको मन्त्रालय स्रोतले दावी गरेको छ ।
खासगरी मन्त्री पौडेलले स्वास्थ्य सेवा विभाग अन्तर्गतका आपूर्ति महाशाखामा रहेर लामो समयदेखि ‘तरमार्दै’ आएका ‘डन कर्मचारी’ डा. सुरेन्द्र प्रसाद चौरसिया, ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीलगायतलाई बढी टारगेट गरेको चर्चा मन्त्रालयमा चल्ने गरेको छ । परिवार स्वास्थ्य, इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रणलगायत महाशाखा प्रमुखहरुको पनि हेरफेर हुनसक्ने संभावना रहेको बताइन्छ । मन्त्री पौडेलले समाजवाद र लोकतन्त्र स्वास्थ्य क्षेत्रभित्रै लागु गर्ने योजनाका साथ काम गर्दै आएको दावी स्रोतको रहेको छ । यी अवधारणालाई मन्त्री पौडेलले आफ्नै कार्यकालमा नागरिकलाई अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजना बनाएको पनि स्रोतले बताएको छ ।
त्यसका लागि मन्त्रालयले केही योजना र कार्यक्रमहरु सुरु गरिसकेको छ । थप कार्यक्रमका लागि बजेटको व्यवस्था गरेर अगाडि बढ्ने मन्त्री पौडेलको योजना रहेको दावी उनी निकट स्रोतले गरेको छ । उनले स्वास्थ्य बीमालाई एक लाखबाट पाँच लाख पु¥याउने र निजी अस्पतालबाट पनि यो उपचार सेवा दिलाउने, ठुला र जटिल नसर्ने रोगको उपचार सेवा निःशुल्क गर्ने व्यवस्था गरिसकेका छन् । पाँच वटा अस्पतालबाट १४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर उपचार निःशुल्क गराउन सुरूवात भइसकेको छ । मन्त्री पौडेलको प्रयासमा डब्लुएचओले सरकारलाई ३५ प्रकारका औषधि निशुल्क दिने तयारी अगाडि बढाएको छ ।
ठूला अस्पतालमा जलन उपचार पनि निःशुल्क हुने व्यवस्था मन्त्री पौडेलकै पहलमा सुरु भइसकेको छ । मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन मुलुकभरका १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई एचपीभी भ्याक्सिन निःशुल्क दिने व्यवस्था पनि मिलाईसकेका छन् । क्यान्सर रोकथामका लागि महिलाहरुमा परीक्षण र मिर्गौलाको अवस्था पत्ता लगाउन महिला, पुरुष दुवैको परीक्षण गर्ने योजना पनि उनले अगाडि सारेका छन् ।
स्वास्थ्य क्षेत्रमा केही सुधार गर्न चाहेका मन्त्री पौडेलले आगामी केही महिना पछि नयाँ स्वास्थ्य सचिव बढुवा गरी यी योजनालाई अझ तीव्रगतिका साथ कार्यान्वयन लैजाने गरी तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस