लामिछानेको अभावमा उम्मेदवार छान्नै सकस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अनुपस्थितिमा जे भइरहेको छ, त्यसले रास्वपाको राजनीतिक भविष्य दर्शारहेको विश्लेषण भइरहेको छ । लामिछाने लामो समय जेलमै बस्ने स्थिति आएमा के होला ? भनेर चर्चा पनि भइरहेको छ । पार्टीभित्र लामिछानेलाई पहिला नै कार्यवाहक दिनका लागि भनिएको थियो । कार्यवाहक दिँदा पार्टीभित्रको आफ्नो पकड गुम्ने डरले लामिछानेले नदिएको चर्चा गरिन्छ । अहिले चाहिँ चाहेर पनि दिन सक्ने अवस्था नभएको बताइन्छ ।
पार्टीभित्र देखिने गरी नै कार्यवाहकका लागि स्वर्णिम वाग्ले र डीपी अर्यालवीच शीतयुद्ध चलिरहेको छ । त्यो युद्धले संगठनलाई पनि प्रभावित बनाइसकेको छ । त्यसैले, आन्दोलन घोषणा गर्न पनि नसक्ने र विसाउन पनि नसक्ने अवस्थामा पुगेको छ । पार्टी सभापति लामिछाने पोखराको हिरासतबाट आन्दोलनकै लागि पार्टीभित्र दबाब बढाएका छन् तर पार्टी भने आन्दोलन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै लामिछानेपक्षधरहरुको भनाइ छ । केही दिनअघि बैठकस्थल पार्टी कार्यालयअघि नै प्रर्दशन भएको थियो । उक्त प्रर्दशनमा पार्टीभित्र झगडा नगर्न भन्ने सन्देश दिन खोजिएको थियो तर त्यो कुन समूहले गरेको भन्ने चाहिँ खुलेको छैन ।
धेरैको अनुमान चाहिँ अर्याल समूहको भन्ने रहेको छ । अहिले पार्टीको कार्यवाहकको लागि आफू योग्य रहेको भन्दै अर्यालले मुख खोलेका छन् । कार्यवाहक दिनुपर्ने विषयमा पहिलादेखि नै सुमना श्रेष्ठसहित केही नेताहरुले लामिछानेलाई सुझाव दिएका पनि थिए । त्यतिबेला सुनवाई भएन । अनि, केही समयअघि वाग्ले स्वयम्ले अर्याललाई कार्यवाहक तोक्न प्रस्ताव गरेका थिए । लामिछाने हिरासत पुगेपछि नै वाग्लेले उक्त प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावको विपक्षमा मनिष सुमनसहितका केही नेताहरु देखिएको पनि रास्वपाभित्र चर्चा चलेको छ । रास्वपाभित्र चलेको चर्चा अनुसार वाग्ले, झा,शिशिर खनाल, सुमना श्रेष्ठहरुको समूह एउटा रहेको छ ।
यो समूहमा सन्तोष परियारसहितको एउटा पंक्ति भने अटाएको छैन । त्यसैले, परियारसहितको टोली भने डीपी अर्यालको समूहका रहेको छ । त्यसैले, अहिले देखिने गरी नै लडाई चलेका कारण संसदीय दलको बैठक पनि बस्ने सकेको छैन ।
सांसदहरुवीच छलफल गर्न बोलाएको विषयमा केहीले हो भन्ने केहीले होइन भन्ने गरेका थिए । गत विहिबार सिंहदरबारमा उनीहरुलेका अनौचापरिक छलफल भएको थियो । प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारीका लागि उक्त छलफल भएको थियो । त्यतिबेला पनि यो रस्साकस्सी देखिएको रास्वपा स्रोतहरुले उल्लेख गरेका छन् । यतिबेला वाग्ले स्वयम् भने विदेशमा रहेका छन् । यता, काठमाडौंमा अर्याल राजनीतिक भेटघाट बढाउने तयारीमै लागेका छन् । तर,प्रधानमन्त्री ओलीले भने उनीहरुलाई तीनदिनसम्म समय नदिएर टारेका थिए ।
यता, रास्वपाभित्रको विवाद कतिसम्म छ र अस्तव्यस्त भएको छ भन्नका लागि स्थानीय चुनावलाई हेर्दा पनि हुन्छ । स्थानीय तहको उपचुनावका लागि उम्मेदवार छनौटमा पनि रास्वपाले निर्णय लिन सकेको छैन । समयमा उम्मेदवार छनौट गर्न नसकेर रास्वपाले आफू पनि अरुजस्तै रहेको सन्देश दिएको भन्दै चर्को आलोचना भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस