‘देशभक्त तानाशाह’ कविता कृतिमा राजा महेन्द्रको ‘देशप्रेम’ चर्चा
कवि ऋतु आसिकले तत्कालीन राजा महेन्द्रलाई प्रतीक बनाएर ‘देशभक्त तानाशाह’ कविता कृति बाहिर ल्याएका छन् । ‘देशभक्त तानाशाह’ कविता कृति ४७ वटा कविताहरूको संग्रह हो । कविता अंश ‘देश भक्त तानाशाह’ का नामबाट पुस्तकको नाम राखिएको छ । एउटै विषय र एकै भाव भूमिको जस्तै लाग्ने अरु कविताहरु पनि यसमा जोडिन्छन् । अर्को कवित ‘रोक्न सक्छौ भने रोक’ भन्ने कवितामा पनि उही भावभूमि प्रकट हुन्छ । कवि ऋतु आसिकले राजा महेन्द्रलाई देशभक्त र तानाशाह मानेका छन् ।
महेन्द्रलाई तानाशाह मान्न २०१७ साल पौष १ गतेको एउटै कदम पर्याप्त छ । तै पनि महेन्द्रको राष्ट्रवादिता र देशभक्तिको कुरा हेर्दा लाग्छ–उनका अनेक कार्य देशभक्तिपूर्ण थिए । पुस्तकको नाम र पुस्तकको आवरणमा छापिएको आवरण चित्रले नै धेरै अर्थ बुझाउँछ । ४७ वटै कवितामा देश प्रेम, वर्तमान विसङ्गति, नेतृत्वमा रहेकाहरुको बेइमानी र धोखाधडी, विदेशीलाई मालिक मानेर गरेका राष्ट्रघातलगायत देशद्रोहहरुको फेहरिस्त कविताले बोकेको छ । कविको देशभक्ति पूर्ण मन र मस्तिष्कले पीडा बोध गरेको अभिव्यक्ति नै कवितामा छरिएको छ । कवितामार्फत वर्तमानका नेताहरू जे जस्ता कर्तुत गरेर सत्तामा अडिन सकेका छन्, तिन्को भन्डाफोर गरिएको छ । इतिहास र पुर्खाको बहादुरीको सम्झना गरिएको छ । नेपालीको शिर ठाडो परिएका घटनाको कवितामा अभिनन्दन गरिएको छ ।
आसिकका कविताहरुमा बलिदानी प्रयासबाट जोगिएको मुलुकको वैभव विदेशीलाई बुझाउन र आफ्नो देशको अस्तित्व मेटाउनेसम्मका कार्यमा सरिक अगुवा नेताप्रति कवितामा आक्रोश पोखिएको छ । यस्तै, बेइमानीका विरुद्धमा विद्रोहको आव्हान गरिएको छ । देशप्रति बेइमानी गर्नेहरुलाई नाङ्गो पारिएको छ । वास्तवमा कविताहरू नेताहरूको बेइमानीका ऐना बनेका छन् ।
भारतद्वारा निरन्तर सीमा अतिक्रमण, नाकाबन्दी, नदी नाला लिने सम्झौता, असमान सन्धि, विभिन्न हस्तक्षेप र व्यवहारको वर्णन र भत्र्सना कवितामार्फत गरिएको छ । विभिन्न आवरणमा उनलाई सेवा गर्ने तथा उनकै सोझो गर्ने नेताहरूको अनुहार नाङ्गो पार्ने जमर्को कवितामा गरिएको छ । यी कविताहरूले मुलुकको कुशासनलाई राम्ररी प्रदर्शन गरेका छन् । र, कुशासनको चाङ देखाएका छन् ।
कविताहरू कुनै एक विषयमा केन्द्रित छैनन् । अनेक विषयमा छरिएका छन् । सबै विषयमा रहेका बेथिति, बेइमानी र षडयन्त्रहरूको प्रश्न उठेको छ । राजनीतिक नेतृत्वमा रहेका बेइमानहरूको आवरण सार्वजनिक गरिएको छ । निर्भिकताका साथ न्यायको आवाजलाई उठाइएको छ । दिल र दिमागले देखेका कुराहरु सिधै भनिएको छ । स्वाभिमानको बलमा निर्भिक भएर प्रश्नहरू उठाइएको छ । प्रश्नहरू यस्ता छन्–उत्तर नआएसम्म प्रश्न यथावत् रहने छन् । भोलिका सन्ततिले पनि प्रश्न गरिरहने छन् । बेइमानहरूले आर्जन गरेको लूटको धन अपुतालीका रूपमा खाने सन्तानहरूले पनि ती प्रश्नको सामना गरिरहनु पर्ने छ । दण्ड भोग्नु पर्ने छ । हो, बेइमानहरूका सन्तानलाई पनि अवैध धनले पोली रहनेछ ।
हरेक कविताले उठाएको कुरामा धेरै लामो विवेचना हुनसक्छ । कविता संग्रहबारे बारे साहित्यकार विष्णु प्रभातले लेखेको विवेचना र चर्चा सटीक छ । कवि निम्न वर्गका मजदुर किसानहरूको पक्षमा, न्यायको पक्षमा, शोषणको विरुद्ध उभिएका छन् । उनले देशभक्तिको पक्षमा, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आवाज उठाएका छन् । मुलुकको सीमा रेखा नाघेर अन्तरराष्ट्रिय ख्याति आर्जन महापुरुषको स्मरण कवितामा गरिएको छ । त्यस्ता आदर्शका प्रतीकलाई पनि कवितामा उभ्याइएको छ ।
कविले जीवन र जगतलाई सटीक रूपमा हेरेको पाइन्छ । कवितामा इतिहासको विश्लेषण छ । मुलुकका वर्तमानका पहाड जस्ता समस्या छन् । तिनको समाधानको गोरेटो खोजिएको छ र यस्तै परजीवी पाराले समस्या अझ फक्रिने कुरामा पनि कवि सचेत छन् । इमानदार, देशभक्त देशबासीको जागरण र जुर्मुराहटको अपेक्षा गरिएको छ । युवाहरू निर्यात भएर गाउँ र शहर खाली भएको छ । उनलाई फर्किन आव्हान गरिएको छ ।
कविलाई इतिहास प्यारो छ । इतिहासका अनेक सन्दर्भहरू छन्, कवितामा । मुलुक उजाड पार्ने अहिलेका नायकहरू त मञ्चमा देखिंदैछन् । इतिहासमा सहादत प्राप्त गरेकाहरु मेटिंदै गएका छन् । जीवन बलिदान गरेकाहरु, परिवर्तनका लागि रगत पसिना दिएकाहरुको त कतै नाम लिइँदैन । ‘इटहरी तिमीहरू माथि गर्व गर्छ’ भन्ने कवितामा देखिएका श्याम भाइ गौतम, कुमार अधिकारी, रमेश विष्ट‚ मलेच्छी चौधरी, शेरबहादुर अम्बर, सम्राट तुम्बहाम्फे, वसन्त सुवेदीहरू शायद आज गुमनाम छन् । कविताले यिनीहरुलाई इटहरीका सपूतका प्रतीकका रुपमा उभ्याएको छ । यस्ता सपूतहरू मुलुकभरिका गाउँ र शहरमा छरिएका छन् । अनि मात्र थिलथिलो भएर पनि मुलुक बाँचेको छ ।
मुलुकभरि त्यस्ता फौज नजन्मेका भए र उनीहरुले रगत पसिना नबगाएको भए कहाँ मुलुक अहिले सम्म बच्थ्यो र ? भन्ने सन्देशको राँको कविताले बोकेको छ । ‘गर्छिन् पुकार आमा रोइ कराइ जोडले’ भन्ने कविताका रचयिता राजा महेन्द्र देश भक्त हुन् भने चिनाइएको छ । कविले राजा महेन्द्रका यी र यस्तै अरू गुणलाई नियालेर राजा महेन्द्रलाई देशभक्त तानाशाह भनेका छन् । अझ पञ्चायत ढलेपछि, गणतन्त्र आए पछिका भ्रष्ट नेताका कुकर्मले कविलाई राजा महेन्द्रको देशभक्त प्रवृत्तिले धेरै छोएको छ । जुन् सञ्चय गर्नु पर्ने सम्पत्तिको बोध भएको पाइन्छ ।
कविको तत्कालको लेखनमा प्रायश्चित्त बोध भएको विषयमा एउटा प्रश्न उठ्न सक्छ । राजा महेन्द्रको देश भक्तिलाई र राजतन्त्रलाई एउटै दराजमा थन्क्याउन नमिल्ला । सबै राजा देशभक्त हुँदैनन् पनि । सायद यसै कारण नेपालका राजाहरूमा पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रलाई जस्तो अरूलाई श्रीपेचले शोभा दिएन । ऋतु आसिकको साहित्य लेखन, पत्रकारिता र सचेत नागरिकको बहु पहिचान छ । उनका कलममा निर्भीकता, इमान्दारीता, स्वाभिमान, स्वाधीनता प्रिय, सचेतन यस्ता जब्बर गुणहरू छन् । उनी विभिन्न विधामा एक दर्जन बढी पुस्तकका स्रष्टा हुन् । वर्तमान परिवेशको पछिल्लो यो कृतिले देशभक्ति, राष्ट्रवादीका साथमा नेपाली माटोको सुवासले ओतप्रोत कृति मान्न सकिन्छ । ‘देशभक्त तानाशाह’ कृतिले अहिलेको राजनीतिक रङ्गमञ्चका धेरै नायकहरूलाई नाङ्गो पारेको छ । कवितामा सौन्दर्य र शिल्प जडिएका छन् ।
कवि मुलुकको उत्थानका लागि राजा महेन्द्रले गरेका अनेकन् कार्यको प्रशंसा र तारिफ गर्छन् । अहिलेसम्म कुनै नेताले नगरेका कार्य महेन्द्रले गरेका थिए भन्ने दलिल कविको छ । कुरा यतिमा मात्र सीमित रहँदैन । उनले नेपालको अस्तित्व जोगाउन गरेका कार्य र नेपालको इज्जत बढाउन विश्व रङ्गमञ्चमा गरेको प्रयत्न धेरै महत्वको छ । विदेशीसँग नझुक्ने अडानमा रहने राजा महेन्द्र नै हुन् भन्ने ठोकुवा कविता अंशमा पाइन्छ । वास्तवमा भाषा, साहित्य, अर्थतन्त्र र मुलुकको सर्वाङ्गीण विकासका लागि देशभक्तिपूर्ण योगदान ऐतिहासिक छ भन्ने गतिलो सन्देश ऋतु आसिकका कविता संग्रहले दिएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस