मन्त्रीको चाहनाप्रति प्रश्न !
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकको स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने हुटहुटी देखाउदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रम, ठुला, जटिल र नसर्ने रोगहरूको उपचारमा नागरिकको पहुँच र सहजीकरण बढाउने घोषणासमेत मन्त्री पौडेलले गर्दै आएका छन् । मन्त्री पौडेलले घोषणा गरेका राम्रा कामको जनस्तरबाट स्वागत पनि भइरहेको छ । तर, घोषणा मात्र गर्ने, कार्यान्वयनमा नलैजाने र उधारो घोषणामा मात्र मन्त्री पौडेल सीमित हुने हुन् कि भन्ने आशंकाहरु पनि बढ्दै गएका छन् ।
यही कारण नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापा र मोहन बहादुर बस्नेत जस्तै हावादारी लोकप्रियताको सिकार बन्ने त होइनन् भन्ने आशंका पनि उनीप्रति गरिन थालिएको छ ।
मन्त्री पौडेलले मन्त्रालयमा र आफ्नो सचिवालयमा भित्र्याएका केही शाखा अधिकृत, उपसचिव र सहसचिवहरू प्राय विवादित पात्रका कारण पनि उनको कार्यशैलीप्रति आशंका गर्न थालिएको जानकार स्रोतले बताएको छ । कतिपय कर्मचारी त विगतमा भ्रष्टाचारको आरोप र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेकासमेतलाई मन्त्री पौडेलले आफ्नो विश्वास पात्र मानेका छन् । उनकै सचिवालयमा विगतमा युनियनको नेतृत्वमा बसेर अतिरिक्त आम्दानी हुने प्राय आकर्षक र मालदार कार्यालयमा बसेर ‘तर’ मारेका अधिकृतलाई राखेको भन्दै नेपाली कांग्रेस निकट कर्मचारी यूनियन सम्वद्ध कर्मचारीहरुले मन्त्री पौडेलको आलोचना गर्दैै आएका छन् ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव ऋषि आचार्य रहेका छन् । आचार्यले केही समय अघि मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अन्तर्गत विभिन्न जिल्ला मालपोत कार्यालयमा कार्यरत रहँदा अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका अधिकृत बद्री ढकाललाई भित्र्याएका छन् । उनीमाथि आयोगले १० करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएर बिगतमा छानबिनको दायरामा ल्याएको थियो ।
यस्ता कर्मचारीलाई साथमा लिएर मन्त्री पौडेलले कसरी स्वास्थ्य मन्त्रालय र सार्वजनिक स्वास्थ्य उपचार सेवामा सुधार ल्याउलान् भन्ने प्रश्न उठ्ने गरेको छ । साथै, नेपाली कांग्रेसका अधिकांश नेता र कार्यकर्तासहित मन्त्रालयमा कार्यरत इमान्दार कर्मचारीहरूले मन्त्री पौडेलको यस्तो कार्यशैलीप्रति प्रश्न गर्न थालेका छन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस