• शुक्रबार-पौष-१९-२०८१

मुख्यसचिवले काम नपाएपछि लामखुट्टे मार्दै !

मुख्यसचिव एकनारायण अर्याल

 

काठमाडौं । ०८१ कात्तिक ९ गते शुक्रवार नेपाल सरकारले ४० जना सहसचिव सरुवाको निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयलाई नेपाल सरकार मुख्यसचिव एकनारायण अर्यालले पटक पटक संशोधन गर्दै तीन दिनपछि २०८१ कात्तिक ४ गते आइतबार साँझ मात्र प्रमाणित गरेर सार्वजनिक गरेका थिए । लामखुट्टेका लार्भा मार्ने अभियानमा व्यस्त भएपछि सरुवा निर्णय प्रमाणित गरेर तत्काल सार्वजनिक गर्न मुख्यसचिवले आलटाल गरेको भन्दै केही सहसचिवहरुले असन्तुष्टि जनाएपछि मात्र सूची सार्वजनिक गरिएको थियो । कतिपय सहसचिवहरुले आफ्नो सरुवा भएको सूचना पाएपछि कुन निकायमा खटाएको भन्दै चासो व्यक्त गरेका थिए ।


तर, मुख्यसचिव अर्यालले सरकारले गरेको निर्णयलाई प्रमाणित गरेर सार्वजनिक गर्न तीन दिन ढिलाई गर्नुले उनको निर्णय क्षमतामाथि प्रश्न उठेको आरोप केही सहसचिवहरुले लगाएका छन् । त्यति मात्र होइन, मुख्यसचिव अर्यालले आफू अनुकूलका केही सहसचिवहरुलाई आकर्षक विभाग र मन्त्रालयमा सरुवाका लागि सरुवाको सूची प्रमाणित नगरेर चलखेल गरेको आरोपसमेत लगाइएको छ । यसका साथै, ०८१ असोज दोश्रो हप्ता(१०, ११ र १२ गते) परेको अविरल वर्षातपछि आएको बाढी, पहिरो र डुवानका कारण अक्रान्त बनेको मुलुकको जनजीवन अझै लयमा फर्किन सकेको छैन ।

 

यतिखेर बजारमा दैनिक उपभोग्य बस्तु तरकारी फलफूललगायतको मूल्य बढेर सर्वसाधारण नागरिकको भान्सा दिउँसै अँध्यारो बन्दै आएको छ । यति बिघ्न रुपमा मूल्य बढ्दासमेत सरकारी संयन्त्र रमिते बनिरहेको आरोप सरकारले खेपिरहेको छ । मूल्य नियन्त्रणका लागि प्रभावकारी रुपमा सरकारी संयन्त्रलाई परिचालन गर्नुपर्ने दायित्व बोकेका मुख्यसचिव अर्याल यी विषयलाई कुनै महत्व नदिएर थाती राखेको आरोप खेपिरहेका छन् । कात्तिक ९ गते शुक्रवार उनी सिंहदरवार परिसरका लामखुट्टेको लार्भा मार्ने नाटकीय अभियानमा राष्ट्रिय पोशाक लगाएर खटिएको दृष्यले झनै गिज्याएको बताइन्छ ।


जबकि, यी र यस्ता कार्य उनले विभिन्न मन्त्रालय, विभाग र कार्यालय प्रमुखलाई निर्देशन दिएर खटाएको भएपनि हुने थियो । कार्यालय सहयोगीहरुलाई काम लगाएपनि हुने लामखुट्टे मार्ने अभियानमा उनी स्वयं उपस्थित भएर धुँवाको मुस्लोसिहतको गन प्रयोग गरेको दृष्यले मुख्यसचिव कति पूmर्सदिला रहेछन् भन्ने कुरा स्पष्ट गरेको छ । यतिखेर प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा सरुवा भएर भित्रिएका ठूलो संख्याका कर्मचारी जिम्मेवारी नपाएर भौतारिदै हिंडेका छन् ।


उनीहरुलाई समयमा जिम्मेवारी दिन सम्वन्धित मन्त्रालयका सचिव, प्रशासन महाशाखा प्रमुखलाई निर्देशन दिन मुख्यसचिव अर्यालले कर्तव्यबोध गरेका छैनन् । उल्टै काम नपाए जस्तो लामखुट्टे मार्ने स–साना कार्यमासमेत आफू निकटका कर्मचारीहरु, संचारमाध्यलाई प्रयोग गर्दै प्रचार गरेर रमाउने गरेको आरोप उनी माथि लाग्ने गरेको छ । यसअघि असोज दोश्रो हप्ता मुलुक बाढी पहिरो र डुवानको चपेटामा परेको बखत गृह जिल्ला स्या¨जामा खादामाला र स्वागतमा रमाइरहेको भएपनि संघीय राजधानी नआएर सरकारी संयन्त्र परिचालन गर्न नसकेकोमा उनको कार्यशैलीप्रति समेत नैतिक प्रश्न उठ्दै आएको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२) 
 

प्रतिकृया दिनुहोस