• मंगलबार-कार्तिक-६-२०८१

रेडियो र टिभी गाभिनुअघि नै भ्रष्टाचारमा जोड : मन्त्री गुरूङ क्षमता प्रदर्शनको कठघरामा !

 

काठमाडौं । रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर एउटै संस्था बन्ने ऐन बन्ने निश्चित हुनासाथ ती दुई निकायमा रहेको बजेट घोटालाको दुष्प्रयास तीव्र बनेको छ । पुरै सरकारी बजेटबाट चल्दै आएको रेडियो नेपालमा गत वर्ष सरकारले पेन्सन कोषमा राख्न दिएको सात करोडभन्दा बढी रुपियाँको हिसाबकिताब नभेटिएको चर्चा छ । बुद्धिबहादुर केसी कार्यकारी निर्देशकबाट अवकास हुन लाग्दा लेखाबाट पेन्सन कोषमा जम्मा हुनु पर्ने रकम जम्मा नभएको युनियनका नेताहरूले उठाएका छन् । तर मिलेमतोमै सामसुम भएछ कि ? 


टेलिभिजनमा भने पेन्सनकोषको सट्टा उपदान कोष छ । त्यसमा ५२ करोड रुपियाँ जम्मा गर्नुपर्नेमा केवल रु. ४१ करोड मात्रै जम्मा छ किन ? कोषमा जम्मा गर्नुपर्ने रकम अध्यक्ष समिर ज¨ शाह र महाप्रबन्धक फुलमान बलले आफ्ना मान्छेको गैरकानूनी भर्ती गरी सिध्याएको आरोप छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ असोज २२ गते सार्वजनिक सेवा प्रसारण (पिएसबी) ऐन प्रमाणीकरण गरेकोले २०८१ कार्तिक २२ गते ३१औँ दिनमा लागू हुनेछ ।

 

त्यसको डेढ महिनामा रेडियो र टिभी दुवैका हालका प्रमुखहरू अपदस्थ हुने भएपछि उनीहरू अहिले भएको सञ्चित रकम सकेर घर जान हरेक तिकडम गरिरहेको टेलिभिजन स्रोतले बताएको छ । स्रोतले भनेको मात्र नभै टेलिभिजनका अध्यक्ष समिरलाई त मूल गेटमै उच्च पदस्थ कर्मचारीहरूले गालीगर्दै ३० वर्षसम्म आफूहरूले कमाएको पैसा लुटेर हिँड्न लागेको आरोपमा हुलहुज्जत समेत गरिरहेका छन् । यस्तै गर्नेमा एनटीभी प्लसमा प्रमुख पदमा कार्यरत रविन्द्र घिमिरे पन िएक हुन् । उनले  २०८१ असोज ३० गते बुधबार ५ बजे सबै कर्मचारी छुट्टी भएर निस्कँदै गर्दा ‘खाते समिर ज¨ शाहले जाने बेला सबै बजेट सकेर जान खोजेको तर फिटिक्कै खान नदिने’ भनी शाहका सल्लाहकारका रुपमा परिचित गोपाल दाहाललाई थर्काएको एनटीभी स्रोत बताउछ ।


स्रोतका अनुसार, यसरी प्रमुखकाविरुद्ध कर्मचारीहरुले जथाभावी भन्ने घटना २ वर्ष यता टेलिभिजनमा सामान्य भैरहेको छ । साह्रै जुनियर र प्रशासनिक ढंग समेत नभएका बल र शाहलाई नियुक्त गरेकोले टेलिभिजन परिसर नै मुकुन्द घिमिरेको रत्नपार्क जस्तो बनेको प्रत्यक्षदर्शी पत्रकारहरुको टिप्पणी रहेको छ । उनीहरूले अनियमित रुपमा मनपरी खर्च लागेको के हो त ?


५ करोडको अडियोभिडियो
एनटीभी स्रोत भन्छ, टेलिभिजनका चक्का टेपलाई डिजिटाइज गरी राख्न दिएको डिजिटल अर्काइभको रु. ४ करोड ८७ लाख रकमान्तर गरी अडियोभिडियोको सामान किन्ने बल र शाह यी दुईको प्रयास २ वर्षदेखि जारी छ । तर कर्मचारी बाधक बनेका छन् । कहिले सतर्कता केन्द्रमा हालेर रोकाउँछन् भने कहिले अर्थ र संचार मन्त्रालय गुहारेर रोकाउँछन् । यसरी रोकाउने कैयौँलाई कार्बाही गरिएको छ भने एक डिजिएमलाई ३ महिना घटुवा गर्ने काम बल र शाहले गरेका थिए । सोनी कम्पनीको मिसन एजेण्ट सोहेतो प्रालिका सरोज बज्राचार्यको बास नै २० वर्षदेखि एनटीभी मै रहेको बताइन्छ । उनी खरिदसम्बन्धी कर्मचारीको टेबलटेबुलमा बसेर खरिदको लागि कमिसनको हरियो घाँस देखाइरहने गरेको कर्मचारीहरु बताउँछन् । 


   सोनी कम्पनी डुबिसके पनि उसले धेरै वर्षअगाडि उत्पादन गरेका थोत्रा सामान चर्को मूल्यमा टेलिभिजनलाई भिडाउनमा सोहेतो कुख्यात रहेको दावी गरिएको छ । अडियोभिडियो भनी ब्युरो सञ्चालन गर्ने नाममा महेन्द्र विष्ट र गोविन्द रोक्का सचिनले किनाएका १५ करोडका सामान २०७५ सालदेखि स्टोरमा थन्किएर बसेको स्रोत बताउछ । न ती अडियोभिडियो सामान संचालनमा आए न ब्युरो ।  


  अडियोभिडियोका सामान किन्दा शतप्रतिशत नचल्ने र नचलाउने नाम मात्रका सामान थुपारेको देखाएर रु. ४ करोड ८७ लाखमा साढे ३ करोड रूपियाँ बाँडचुँड गर्ने योजना अनुसार बल र शाहले २ वर्षदेखि अनौठो र अस्वाभाविक हर्कत देखाइरहेको कर्मचारीहरूको भनाइ छ । अध्यक्ष शाहको सल्लाहकारमा मीनेन्द्र रिजालकै पालादेखि व्यक्तिगत लाभका लागि हालीमुहाली गर्दै आएका भन्दै गोविन्द धिताल, अनिता विन्दु र सालिक सुवेदी माथि आरोप लाग्ने गरेको छ । झन् नयाँ पीएसबी ऐनले पद नै खुस्किने निश्चित भएपछि विगतको दायित्व सिर्जना भन्दै सोनीका थोत्रा क्यामरा र टेलिप्रमोटरको लागि ४ करोड ८७ लाख स्वाहा पार्नको लागि युनियनका दुई जना नेता गोपाल दाहाल र भोज बिकको नाम मनोनयन गर्न मनोनयन समितिलाई चारैतिरबाट धाकधम्की र लोभ देखाउने काम भएको भन्दै समितिका सदस्यहरूको भागाभाग रहेको स्रोत बताउछ । रविन्द्र घिमिरेले जस्तै उनीहरू पनि ‘‘खातेहरूले टेलिभिजनको बँचेखुचेको पैसा लुट्न लागे’’ भन्दै मन्त्री पृथ्वी सुब्बा गुरुङकोमा गुहार माग्न धाउने गरेको स्रोत बताउछ । 


स्रोत भन्छ, पीएसबीलाई सरकारले पैसा दिने भएकोले हाल रहेको पैसा जसरी पनि सक्ने ध्याउन्नामा दिनगन्ती शुरु भएका दुई जना रहेको भन्दै रोइकराई एक समूहको छ । अर्को समूह भर्तीको दवावको पीडामा रहेको छ । ती दुई जनाले कानूनविपरीत भर्ती गरी २०८२ साउन १ देखि संचालक समितिबाट करार नवीकरण नगरिएका करिब १ दर्जनलाई खरिद इकाईबाट नियुक्ति गर्न दवाव तारन्तार दिएपछि खरिद इकाइका कर्मचारीको पनि भागाभाग छ । 


अर्को समूहको भागाभाग उनीहरूले गरेको विदेश भ्रमणको लुट रोक्ने छ । दुई जना पालैपालो युरोप अमेरिका घुम्ने र सबै पैसा टेलिभिजनलाई तिराउने गरेको भन्दै भ्रमणलूट रोकाउन तेस्रो समूह सक्रिय रहेको बताइन्छ । अध्यक्ष समिरको टर्की र चीनको भ्रमण सोही समूहले रोकाएको हो भनिन्छ । चीन भ्रमण रेखा शर्माको पालामा र टर्की भ्रमण पीएस गुरुङको पालामा रोकाइएको स्रोत बताउछ  । टेलिभिजनका हरेक प्रतिवेदनमा बल र शाहको बदमासी देखिएपछि संचार र अर्थ मन्त्रालय उनीहरूको काममा भाँजो हाल्न चौथो समूह बनेको बताइन्छ । शाहलाई टर्की पठाएर हालै अमेरिकाबाट फर्किएका बल सिंगापुरमा ४ करोड ८७ लाखको अडियोभिडियो उपकरण खरिदमा जाने सम्झौता भै खरिद र भ्रमणको लेनदेन पनि भएको स्रोत बताउछ  । टर्की भ्रमण रोकाइएपछि सिंगापुरमा शाहलाई पठाउन र बललाई खुस्काउन शाहका पिछलग्गुहरूले कम्मर कसेर लागेको स्रोत बताउछ । 


  अडियोभिडियोमा ७० प्रतिशत कमिसनको भागबण्डा हुने बताइन्छ । सोहेतो कम्पनीले गण्डकी प्रदेशमा अडियोभिडियो लावारिस छोडेर पैसा लगेको कुरा मन्त्री गुरुङले सम्झिएपछि सोहेतोप्रति मन्त्री पनि नाराज रहेको स्रोतको भनाइ छ । तर सोहेतोका सरोजले भनसुनको प्रयास जारी राखेको चर्चा पनि छ । ३ वर्षअघि खोलेको ठेक्का आफूलाई परेकोले टेलिभिजनले जसरी पनि सामान ल्याउनु पर्ने उनको जिकीर स्रोत बताउछ  । तर, ३ वर्षअघि नै फेज आउट भैसकेका सामान अहिले स्वीकारेर फेरि स्टोरमा थुपार्नु बाहेक केही उपलब्धि नहुने एनटिभीका कर्मचारीहरूको सिधा भनाइ छ । पाँचौँ समूह भने स्याटलाइटको कमिसन चक्करमा रहेको स्रोत बताउछ ।

 

महाप्रबन्धक बल आफ्नो पालामा भाडामा लिएको एपीस्टार कम्पनीलाई पहिले भाडा तिरेर मात्र हालको एसिया स्याटलाई भाडा तिर्नुपर्ने भन्दै सार्वजनिक ठाउँमै अध्यक्ष शाहलाई ‘यो तेरो घर हो र ?’ भनेपछि दुई जना तँ तँ र म मा उत्रिएका  थिए भनेर स्रोत बताउछ । त्यसको एक महिनामै बल अमेरिका गए । एक महिना बल अमेरिका जाँदा अध्यक्ष शाहले सम्पूर्ण खातापाता र चेकमा आफैँले सही धस्काएर एसिया स्याटलाई करिब ४ करोड रुपियां भुक्तानी दिएका छन् । थाइकमवाला एपीस्टारलाई दिनुपर्ने बलको माग पूरा भएको छैन । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५)  
 

प्रतिकृया दिनुहोस