🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

काठमाडौँ, २६ साउन : कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो ।

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहान आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पु¥याएका थिए । पीडित महिलाले आफूलाई ‘ब्यूटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गर्नुभयो । 

“घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ”, पीडित महिलाले भन्नुभयो, “त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।”

पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन् । “पीडितसँग सम्पर्कमा आएपछि उद्धारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाइ प्रक्रिया गएपछि उहाँको उद्धार भएको हो”, सफलले भन्नुभयो । 

सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्यूरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उहाँको भनाइ छ । उद्धार गरिएकी महिलालाई स्वदेशी पर्कनका लागि उहाँकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।