🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षाले अवरुद्ध नेपाल र यूएईबीचको खेल सुरु : यूएईले पायो ७८ रनको लक्ष्य

काठमाडौँ, ७ वैशाख : वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल पुनः सुरु भएको छ ।
टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले नेपाललाई हराउन ७८ रनको लक्ष्य पाएको हो । निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याएपछि युएईले ७८ रनको लक्ष्य पाएको हो ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो ।
नेपालका लागि  ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे । सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए । मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्वपूर्ण इनिङ्स खेले ।
त्यस्तै बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्का सहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए । युएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए ।
नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो । १० ओभरमा ६२÷३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *