🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने कनकासुन्दरीको निर्णय

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै निर्णय लागू गरेको छ । गाउँपालिकाले आइतबार पनि सार्वजनिक बिदा दिने संघीय निर्णयलाई नमान्ने र वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने तथा वैशाख ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् ।

संघीय सरकारले आइतबार समेत सार्वजनिक बिदा दिने तथा नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि सञ्चालन गरी वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयले हिमाली जिल्लाहरूमा पठनपाठन प्रभावित हुने निष्कर्षसहित कनकासुन्दरी गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार फरक निर्णय गरेको हो ।

गाउँपालिकाद्वारा जारी सूचनामा जुम्ला जिल्लाका सामुदायिक विद्यालयहरूमा पौष महिनामा १५ दिन र माघ महिनामा ३० दिन गरी कुल ४५ दिन बिदा हुने भएकाले निर्धारित पाठ्यघण्टा र पाठ्यक्रम पूरा गर्न कठिन हुने उल्लेख गरिएको छ ।

त्यसैले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई ध्यानमा राख्दै वैशाख ७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने र आइतबार पनि विद्यालय खुला राख्ने निर्णय गरिएको जनाइएको छ ।

जिल्लाका आठ स्थानीय तहहरूमध्ये संघीय निर्णयविपरीत यस्तो कदम चाल्ने कनकासुन्दरी पहिलो पालिका बनेको छ । गाउँपालिकाले यस निर्णयलाई स्थानीय सरकारको स्वायत्त अधिकारको प्रयोगका रूपमा प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *