काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणता बादल लागेको छ, मधेस र कोशीको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, आज राती देशका हिमाली भू-भागमा साधारणता बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।