🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लोपोन्मुख जात्रा जोगाउन प्रदेश सरकारको ‘प्रोत्साहन’

भक्तपुर । बोडेको ऐतिहासिक जिब्रो छेड्ने जात्रामा चौथोपटक सहभागी हुन लागेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले २ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

२०८३ वैशाख २ गते बुधबार  हुने जात्राअघि २०८३ वेशाख १ गते मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ स्वयं बोडे पुगेर श्रेष्ठलाई नगद सहयोगसहित सम्मान गर्नुभएको हो।

प्रदेश सरकारले यो रकम मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत उपलब्ध गराएको जनाएको छ। परम्परा धान्ने व्यक्तिहरू घट्दै जाँदा जात्राको निरन्तरता संकटमा पर्न थालेपछि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार, जिब्रो छेड्ने परम्परा अब केवल जात्रा मात्रै होइन, संरक्षणको चुनौती बनेको सांस्कृतिक सम्पदा हो। “जिब्रो छेड्ने मानिसको संख्या घट्दो छ, भोलिका दिनमा यो जात्रा नै लोप हुने खतरा देखिएको छ,” मन्त्री श्रेष्ठको भनाइ थियो, “त्यसैले वर्षमा दुईपटक आयोजना हुने यो परम्परामा सहभागी हुनेलाई प्रोत्साहनस्वरूप रकम दिने व्यवस्था गरिएको हो।”

गत वर्ष इन्द्रजात्राका अवसरमा आयोजना गरिएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई पनि यस्तै पुरस्कार प्रदान गरिएको थियो।

मध्यपुर थिमी क्षेत्रमा जिब्रो छेड्ने परम्परा दुई ठाउँमा जीवित छ। बोडेमा हरेक वर्ष वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशी का दिन यही परम्परा दोहोरिन्छ।

स्थानीय जनविश्वासअनुसार यो जात्राले रोगव्याधिबाट बचाउने, बालीनाली सप्रिने र अनिकालजस्ता विपत्तिबाट जोगाउने मान्यता बोकेको छ। यही विश्वासका कारण परम्पराले अझै समुदायमा विशेष स्थान ओगटेको छ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले जिब्रो छेड्ने स्थाननजिकै पुगेर श्रेष्ठलाई सम्मान गरेको हो। कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल, वडा नम्बर ८ का अध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *