🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वन प्रशिक्षणको अनियमितता कसले हेर्ने ? गिरी–अर्याल सेटिङ, परामर्शका नाममा ब्रम्हलुट

काठमाडौं । विगत बर्षमा देशका सबै निकायमा भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व भन्दा बढी कर्मचारीतन्त्र जिम्मेवार रहेको छ । ५ बर्षमा पूरा हुनुपर्ने आयोजना २० बर्षमा पनि पूरा नहुनुको मुख्य जिम्मेवार कर्मचारीतन्त्र नै हो भन्दा अत्युक्ति नहोला ।

कुनै पनि सरकारी निकायमा परामर्शदातादेखि तालिम शीर्षकको बजेटको ५० प्रतिशतभन्दा बढी हिस्सा भ्रष्टाचार हुने गरेको छ । सबैभन्दा बढी परामर्श सेवा खरिदमा हुने भ्रष्टाचारमा नयाँ बन्ने सरकारको ध्यान जानु जरुरी छ । स्थानीय तहदेखि बिभिन्न सरकारी आयोजना र निकायमा तलदेखि माथिसम्म परामर्श सेवाका नाममा हुने भ्रष्टाचारमा अब सरकारको ध्यान जानु जरुरी छ ।

यसैक्रममा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहलमा एकजना उपसचिव र बिचौलियाको सेटिङमा परामर्श खरिदको बजेटमा चरम भ्रष्टाचार हु“दैआएको जानकारी प्राप्त भएको छ ।
केन्द्रका उपसचिव राजकुमार गिरी र बिचौलिया दीपक अर्यालको सेटिङमा सबै परामर्श सेवा अनियमित रुपमा खरिद हुने गरेको दावी स्रोतको छ । अर्याल फरेष्टर हुन् । सधैं उपसचिव गिरीको कार्यकक्षमा मात्र भेटिने गरेका अर्यालमार्फत् नै सेटिङमा परामर्श र तालिमका काम केन्द्रले दिने गरेको छ ।

कर्मचारी स्रोतका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने हो भने केन्द्रका परामर्श र तालिमको काम सेटिङमा दिएको सहजै भण्डाफोर हुने अवस्था छ ।

परामर्श सेवा खरिद सेटिङमा गरी आधा आधा कमिसन गिरी र अर्यालले बा“डेर लिने गरेको स्रोत बताउँछ । वन प्रशिक्षण केन्द्रको तालिमको बजेटको ठूलो हिस्सा तालिम नै नदिई होटल, रेष्टुरेन्टस“ग मिलेर नक्कली बिल बनाएर खाने गरेको आरोप पनि गिरीमाथि लाग्दैआएको छ ।

उपसचिव गिरी र अर्यालको फोन कल र ह्वाट्सएप डिटेल उतार्ने हो भने उनीहरुबीच भएको कारोबारको विवरणसमेत खुल्ने केन्द्रका एक कर्मचारी बताउ“छन् । केन्द्रमा गाडी, स्टेनसरीदेखि अन्य काम गर्ने सप्लायर्सहरु गिरीस“ग नमिले भा“जो हाल्ने काम समेत उनले गर्दैआएका छन् ।

निजामती सेवा नियमावली अनुसार २ बर्षमा हुने सरुवाको नीति समेत उपसचिव गिरीको हकमा भने लागू हुनसकेको छैन । काठमाडौंको रामकोट घर भएका गिरी सेवामा प्रवेश गरेदेखि नै केन्द्रमा कार्यरत रहेका छन् ।

पहिला संघीय सरकार मातहत हु“दा पनि उनी जिल्लामा सरुवा हुनुपरेन । उनी शक्तिशाली रुपमा जरा गाडेर बसेका छन् । उनले शक्ति प्रयोग गरी सरुवा रोक्दैआएका छन् । वन प्रशिक्षण तथा अनुसन्धान केन्द्रका महानिर्देशक रविन्द्र महर्जनसमेत गिरीका अगाडि निरीह जस्तै देखिने गरेको कर्मचारी स्रोत बताउछ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको इन्भेट्री शाखाको प्रमुख रहेका उपसचिव गिरीले केन्द्रका अरु शाखाका परामर्श खरिद र तालिमको बजेटमा समेत चियोचर्चो र हस्तक्षेप गरी बिचौलिया अर्याल लगाएर सेटिङमा दिने र लाभ लिने गरेको आरोप छ । जसका कारण अन्य शाखाका प्रमुख र कर्मचारीसमेत आजित भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *