🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा । मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।

मिति २०८२ चैत २९ गते आइतबार साँझ करिब ४ बजे हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनाएको घरमा लोकल मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा करिब ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ। त्यस्तै, मदिरा उत्पादनमा प्रयोग हुने ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा विभिन्न प्लास्टिकका ड्रम र बोतलहरू समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त भट्टीका सञ्चालक करिब ६० वर्षीय जगतबहादुर घिसिङसहित त्यहाँ कार्यरत तीन जना कामदारलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्न प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गएको छ।

यसअघि पनि प्रहरीले विशेष सुरक्षा अभियानअन्तर्गत विभिन्न स्थानमा छापा मार्दै अवैध मदिरा उद्योगहरूमा निगरानी बढाएको जनाएको छ। यस्ता गतिविधिले राज्यलाई राजस्व घाटा पु¥याउने मात्र नभई सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले नियन्त्रणमा कडाइ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नागरिकहरूलाई यस्ता अवैध गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *