🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । मिति २०८२ चैत २५ गते बुधबार बसेको बैठकले जेनजी आन्दोलनका शहीद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार छुट भएका ८ जना परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरिएको हो । यसअघि नै प्राधिकरणले २७ जना शहीद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो ।

बुधबार थप भएका ८ शहीद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शीतल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लमजुङ रहेका छन् ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्याङ्कनको जानकारी  सञ्चालक समितिले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *