🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा, १५ जेठ : हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।

महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका थिए ।

गठबन्धनको तर्फबाट महिला सदस्यमा नेपाली कांग्रेसका रन्जु गोङ्बा, सन्तुमाया पाख्रिन, सविना बिडारी, नेकपा (एकीकृत समाजवादी)बाट कमला पौडेल र सुनिता परियार उम्मेदवार रहेका थिए ।

यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा (एकीकृत समाजवादी) का कल्पना विश्वकर्मा उम्मेदवार रहेका थिए ।

न्युज कारखाना