🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुवाको खालबाट पाँच जना पक्राउ

खोटाङ, ८ कात्तिक  । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हरि जोशीको घरमा डेरा लिएर बसेका साकेला गाउँपालिका–५ मात्तिमका हिराधन राईको कोठामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा राईसहित ओखलढुंगा सिद्धिचरण नगरपालिका घर भई हाल साकेला गाउँपालिका–२ रतन्छा बस्ने सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका टिकाराम राई र उदयपुरको कटारी नगरपालिका–११ का खोमबहादुर क्राप्छाकी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

जुवाको खालबाट नगद ७१ हजार २० रुपैयाँ र ५२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहले बताए ।
न्युज कारखाना