🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वामदेवले छाड्ने नै भए एमाले

काठमाडौं । अन्ततः नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सो पार्टीसँगको आबद्धता त्याग्ने भएका छन् । माधव नेपालले दल निर्माण गरेपछि दलबलसहित उक्त पार्टीमा प्रवेश गर्ने उनको तयारी छ । 

आइतबार मात्रै प्रेस विज्ञप्ति जारी गरेर एमालेमै रहेको बताएका गौतमले सोही दिन एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै एमालेसँग सम्बन्ध बिच्छेद गरेर माधव नेपालले निर्माण गर्न लागेको दलमा जोडिन लागेको प्रष्ट पारेका छन् । एकता अभियानको निष्कर्ष एमालेमा रहन हुँदैन भन्ने रहेकाले त्यहीअनुरूप गर्न लागिएको गौतमको भनाइ छ । तत्कालीन नेकपा र हाल एमालेमा आएको विभाजनपछि दुवै दललाई एकीकृत गर्न गौतमले एकता अभियान चलाउँदै आएका छन् । केही समयअघि उनले जिम्मेवारी दिए माधव नेपाल र केपी ओलीबीच आफूले एकता गराउन सक्ने बताएका थिए । तर उनी त्यसबाट यूटर्न भएर पुनः माधव नेपालको दलमा प्रवेश गर्ने मनस्थितिमा पुगेका छन् । 

‘हालै सम्पन्न एकता अभियान केन्द्रीय सम्पादन समितिको बैठकले एमाले छाडेर माधव नेपालले निर्माण गरेको दलमा सहभागी हुनुपर्ने निष्कर्ष निकालेको छ,’ तपाईंले कहिले एमाले छाड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा वामदेवले भनेका छन्, ‘माधव नेपालजीले पार्टी निर्माण गरेपछि एमालेमा सबै पदबाट राजीनामा दिन्छु र सो पार्टीमा प्रवेश गर्छु ।’ आफूपक्षीय अन्य नेताहरू पनि उसैगरी एमाले छाडेर माधवको दलमा प्रवेश गर्ने उनको भनाइ छ । 

सरकार र पार्टी दुवै सञ्चालन गर्न ओली असफल सिद्ध भइसकेको गौतमको निष्कर्ष छ । यही कारण आफूले २ वर्षअघि नै केपी ओलीको साथ छाडेको उनको भनाइ छ । केपी ओली अराजक, व्यक्तिवादी र सिद्धान्तच्युत पात्र भएकाले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता भत्किएको आरोप पनि गौतमले लगाए । 

एमालेबाट अलग भएर नयाँ दल निर्माणमा जुटेका माधव नेपालको कार्यशैलीले पनि कम्युनिस्ट एकताको माहोल बिगारेको गौतमकाे भनाइ छ । 'तत्कालीन नेकपा छँदा सँगै बसेर छलफल गर्नुपर्नेमा नेपाल ओलीविरुद्ध सार्वजनिक रूपमा उत्रिँदा माहोल बिग्रियाे,' गाैतमले तत्कालीन नेकपा बिग्रहकाे कारण खाेतल्दै भने । 

केपी ओलीको कार्यशैलीप्रति रुष्ट हुँदाहुँदै पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा भने प्रक्रिया नमिलेकाले  साथ नदिएकाे गौतमको प्रष्टोक्ति छ ।