🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बञ्चरो प्रहार गरेर सौताको हत्या

रुकुम, २८ पुस (रासस) : सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । 

जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । 

पुस २६ गते बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए  । 

चन्दकोे खोजी र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् ।