काठमाडाैं । नेपालले हालसालै कालापानी,लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भागलाई समेटेर आफ्नो नयाँनक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी हाम्री कलाकार मनिषा कोइरालाले सार्वजनिक गरेकाे देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको उक्त देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रतिहाम्रो सङ्गठन अखिल नेपाल जन सांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासचिव खेम थपलियाले जारी गरेकाे वक्तव्यमा उल्लेख छ । मनिषाकोइरालाको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै शिष्ट भाषामा लेखेकीथिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महानदेशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागिआशावादी छौँ ।’
''मनिषाकोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् र जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु¥याइन् । भारतको चलचित्र उद्योगमा आफ्नोकला, श्रमर सीप खन्याइन् । मनिषाले कसैको दयामायामा नभएर आफ्नै कला, श्रम र सीपमा सिङ्गो भारतलाई दिएर बाँचेकी हुन् । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमा बाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन्; अभिनेत्री मनिषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ ।''
''राष्ट्रियता ठूलो, सानो, विकसित, अविकसितवाकुनै पनिअवस्थाले फरक पार्ने विषयहोइन । राष्ट्रियताको मर्मको नै खिल्ली उड्ने गरी भारतीय मिडियाले मनिषा कोइरालामाथि नानाथरी आलोचना गरिरहेको छ। मनिषा कोइरालालाई भारतीय सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्सर्नायोग्य छ । नेपाली छोरीले नेपालको मायागर्न नपाउने ? ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ । हामी नेपालकी नायिका मनिषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मानगर्न चाहन्छौँ ।''
''नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँनक्सा जारी गरेपछि भारतले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई कृत्रिम विस्तार भन्दै अस्वीकार्य भएको भन्दै विरोध गरेको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कसैको एक इन्च भूमि पनि चाहँदैन र आफ्नो एक इन्च भूमि पनि कसैलाई छोड्दैन ।''
''साम्राज्यवादीलाई कुकुर भनेर लल्कार्ने भीमसेन थापा र चमचम गर्ने खुकुरी नचाउँदै सतलजसम्म पुग्ने अमर सिंह थापाको देशभक्तिपूर्ण राप र तापले सिर्जना गरेको टिष्टादेखि काँगडासम्मको नेपालको स्मरण जनतामा ताजा नै छ । साथै, भारतले नेपालको ७१ भन्दा बढी स्थानमा सिमाना मिचेको छ भने ६० हजारभन्दा बढी जमिन अतिक्रमण गरेको छ । हामीले पुर्खाहरूले आफ्नो रगतपसिनाद्वारा सिञ्चित इञ्च इञ्च भू–भागको हिसाबकिताब गर्नुछ, आफ्नो भूमि फिर्ता ल्याउनु छ ।''
''साम्राज्यवादी भारतले सामाजिक, सांस्कृतिकरूपमा समेत नेपालमाथि अतिक्रमण गर्दै आएको छ । मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रूपमा हाम्रो सङ्गठनले लिएको छ । भारतीय साम्राज्यवादी सांस्कृतिक प्रदूषणका विरुद्ध हामी निकै लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छौँ ।''
''भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पु¥याउने सम्पूर्ण हर्कत बन्दनगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ । नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व हो । नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्द हुन हामी यसै वक्तव्यमार्फत सबैलाई विशेष आह्वान पनि गर्दछौँ ।'' थपलियाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।



