🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा : कास्कीका सबै वडामा पार्टी कमिटी गठन

कास्की, २८ भदौ (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको छ । महानगरको ३३ र चार गाउँपालिकाका ३९ वडामा एकता प्रक्रिया सकिएपछि शपथ कार्य शुरु गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले बताए  । 

    महानगरका वडामा  शपथ गराउने कार्यक्रम केहीमा सकिएको र दुई/तीन दिनभित्रमा ३३ वटैमा सकिएर गाउँपालिकामा शपथ शुरु गरिने जनाइएको छ । पार्टीको १० सदस्यीय जिल्ला कार्यालय सदस्यको टिमले वडा विभाजन गरेर शपथ गराएको हो । गत असारमा वडाका अध्यक्ष र सचिव चयन गरेको दुई महीनापछि कमिटीमा रहने सदस्य चयन गरिएको हो । 

    नेकपाले ४५ सदस्यीय महानगर वडा कमिटीमा पूर्व एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ तथा गाउँपालिकाको २९ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १७ र माओवादीबाट १२ रहने गरी गठन गरेको छ । वडामा कमिटी चयन भएपनि महानगरसहित चार गाउँपालिकाका अध्यक्ष र सचिव भने अझै टुङ्गिन सकेको छैन । 

    महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रको सचिवालयले टुङ्गो लगाउने भएकाले नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला इञ्चार्ज गुरुङले बताए  । वडाका इञ्चार्ज र सहइञ्चार्ज भने प्रदेश कमिटीले तोक्ने बताइन्छ । 

महानगर कमिटीको नेतृत्व पाउनेले एउटा गाउँपालिका लिनुपर्ने पूर्व माओवादीले बताउँदै आएको छ भने पूर्व एमालेले महानगर जसको भागमा परेपनि गाउँपालिका दुई/दुई गरिनुपर्ने माग गरेको छ । 

    नेकपाले वडा कमिटी चयनसँगै आगामी मङ्सिर १४ गते क्षेत्र नं २ मा हुने उपनिर्वाचनको तयारी शुरु गर्ने भएको छ । सरकारले गरेका कामको जनस्तरमा लैजाँदै उपनिर्वाचनमा होमिने बताउँदै इञ्चार्ज गुरुङले भने, “पार्टीको तल्ला कमिटी गठनसँगै उपनिर्वाचनमा होमिन्छौँ । हाम्रो पार्टीको नेतृत्वमा रहेका तीनै तहका सरकारका काम जनतामाझ लगेर मत माग्छौँ ।”