मलेखु, धादिङ, २४ कात्तिक (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपा विप्लब पार्टीका तीन जनाकार्यकर्तालाई कात्तिक २४ गते पक्राउ गरिएको छ ।
नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।



