🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस्

मकवानपुर, २ वैशाख २०७६ । सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदूर संगठन यूनिट्राभको ३६ औं स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानूनहरुले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ ।

अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । तर यसबीचमा कानूनको परिपालना नगर्ने चलखेल हुन थालेको हामीलाई आभास भएको छ । हाम्रा श्रम सम्बन्ध सुधार भएन भने सरकार र सरोकारपक्षको विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरी नआउला भन्न सकिन्न ।’

उनले पर्यटन श्रमिकका पक्षमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गराउने पक्षमा लाग्न यूनिट्राभ नेतृत्वलाई निर्देशन पनि दिए । उनले भने, ‘अब श्रम ऐन लागू गराउने पक्षमा लागौं, पर्यटन क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउने स्किम र बिधि तयार गर्न यूनिट्राभ  लागोस् ।’

कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकहरुलाई निर्देशन दिए । पेशालाई मर्यादित, सुरक्षित र स्वास्थ बनाउन आफ्ना कुरालाई सम्बन्धित क्षेत्रमा राख्न सक्नुपर्ने भन्दै नेतृत्व विकासमा उनले जोड दिए ।

कार्यक्रममा सहभागी श्रमिकहरुले कार्यभलोमा अझैपनि लोकतन्त्र आइनसकेको भन्दै अझै संघर्ष गर्नुपर्ने खाँचो औंल्याएका थिए ।