🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जङ्गलमा घाँस, दाउरा लिन गएका दुई नेपाली आठ वर्षदेखि  बेपत्ता

धम्बोझी, १४ चैत (रासस) : जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । 

गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए  । उनले भने , “यसबारेमा भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ ।” 

घाँस, दाउरा गर्न गएका उनीसहित अन्य नेपाली भारतीय वन समयमाता मन्दिरको घना जङ्गलमा पुगेका थिए । जङ्गलमा नेपाली देखेपछि भारतीय वनरक्षकले गोली चलाएका थिए । गोलीले घाइते भएका उनलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको लोधकी श्रीमती पार्वतीले बताइन्  । 

विसं २०६७ फागुन ५ गते नै बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ । दुवैको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । 

लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए । दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताइन्  । घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए । 

घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोजतलास गरे पनि फेला नपरेको आफन्तको दाबी छ । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् । गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएका लोधको खोजी राज्यले गर्नुपर्ने बताइन्  । लोधका श्रीमती एक छोरी र दुई छोरा छन् । 
–––