🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ, २४ भदौः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

विभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउन इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध माग सरकारबाट यथोचित सुनुवाइ हुनुपर्ने माग गर्नुभयो । 

“घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ,” उहाँले भन्नुभयो । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इप्पानले उनीहरुको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएको इप्पानको ठहर छ ।
–––