🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एएफसी महिला यू–२० एसियन कप : नेपालले साउदीलाई हरायो

काठमाडौँ, २३ साउन : नेपालले एएफसी महिला यू–२० एसियन कप छनोटमा जित हासिल गरेको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन् । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ ।