🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल ,फागुन ३ गतेदेखि कन्टेनर पारवाहन

काठमाडौँ, २७ माघ । भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ । 

भारतको कलकत्ता/हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता/हल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ट्रान्ससिपमेन्ट प्रक्रियाबाट पारवहन गरिनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमणका क्रममा नेपाल र भारतबीच गत सन् २०१७ जुनमा भएको सहमतिअनुसार दुवै देशबीच सरलीकृत पारवहन प्रक्रिया अवलम्बन गर्न कलकत्ताबाट रक्सोल, जोगबनी र सुनौलीसम्म परिवहन हुने कन्टेनरमा इसिटिएसको परीक्षण गरिएको थियो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निर्देशक पुरुषोत्तम सुवेदीका अनुसार सो प्रक्रियाका लागि नेपालका व्यवसायीले भिशाखापट्नम बन्दरगाहमा कुनै पारवहनसम्बन्धी कागजात पेस नगरी स्वचालित प्रणालीबाट मालधनीलाई हस्तान्तरण गरिनेछ । रासस