🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किसानको उत्पादन बारीमै कुहियो , पाँचखालमा कृषि क्रान्ति शब्दमै खुइल्यो

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाका एक किसानले उत्पादन गरेको तरकारी लामो समयसम्म नबिकेपछि तरकारीमाथि ट्याक्टर लगाएका छन् ।

लाखौं खर्च गरेर उत्पादन गरेको काउली बजारमा तीन रुपैयाँमा पनि नबिकेपछि  वडा नम्बर ७ का किसान धननाथ ढुंगानाले  काउलीमाथि ट्याक्टर चलाएका हुन् ।

 किसानहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिए पनि अझैसम्म स्थानीय सरकारको ध्यान नगएको किसानहरु बताउँछन् ।

भारतबाट आएको तरकारीले भनेजस्तो भाउ पाउदा आफूहरुले उत्पादन गरेको तरकारी बिक्री गर्नको लागि तीनै तहको सरकारले कुनै पनि पहल नगरेको किसानहरुको गुनासाे छ ।

श्रीकृष्ण धिमालले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो पोस्ट गर्दै सरकारहरुले पाँचखालका किसानहरुको रगत पिइरहेको भनेर आक्राेश पाेखेका छन् ।

उनले लेखेका छन्,'गुहार गुहार…. पाँचखाल नगर  माफियाका लागि शहर तिनै तहका  सरकारहरुले पाँचखालका किसानहरुको रगत पि रहेको छ ।

पाँचखालका किसानलाई न्याय देउ, बजार देउ ।

बजारमा भारतीय काउली, पाँचखालका किसानको काउली प्रतिकिलो ३ रुपैयाँ किलोमा बिकेन , लाखौ खर्च गरेर उत्पादन गरेको काउली बजार लैजान नपाएपछि पाँचखाल नगरपालिका  वडा नम्बर ७ का किसान धननाथ ढुंगानाले  काउली माथि ट्याक्टर चलाउनु भएको छ।

यो राज्यका तिनै  तहका सरकारहरु किसानहरुका लागि मरिसकेका छन् । (त्यसको  प्रमाण  फाेटाे हेराैं…')

उक्त भिडियोले काभ्रेमा कृषि क्रान्ति गर्छु भन्दै तीन हात उफ्रिने जनप्रतिनिधिदेखि  सिंहदरबारलाई समेत गिज्याएको छ ।