🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की

मुम्बई, १० माघ । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ । 

खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।

यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । चाखलाग्दो कुरा के छ भने कपिल अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगन्धा मिश्रालाई पनि यस्तो धम्कीपूर्ण इमेल आएको थियो ।

धम्की दिने इमेल पठाउनेले कपिल शर्मा र उनका आफन्त, परिवारका सदस्य, चिनजान, सहकर्मी, छिमेकीलगायत सबैलाई मार्ने धम्की दिएको छ । यस सम्बन्धमा मुम्बईको अम्बोली पुलिसले धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरेको छ । 

मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । यद्यपि कपिल वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कपिललाई धम्की आएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पनि जानकारी आएको छ ।