🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ : कांग्रेस नेता निधि

जनकपुर, १९ पुस : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरूको सम्मान बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन यथाशीघ्र हुनुपर्ने उल्लेख गर्नुभयो ।  

नेता निधिले सङ्घीय, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशबाट महासङ्घको निर्वाचनमा निर्वाचित सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभाका सांसद रामसरोज यादव, जनकपुरधाम  उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।